ad ad

बाइक


नेपाली बजारमा आउँदै यामाहा एमटी १५ मोटरसाइकल

नेपाली बजारमा आउँदै यामाहा एमटी १५ मोटरसाइकल

नेपालखबर
साउन १२, २०७६ आइतबार १०:६,

केही महिनाअगाडि भारतीय बजारमा सार्वजनिक भएको यामाहा एमटी १५ मोटरसाइकल नेपाली बजारमा छिट्टै आउने भएको छ। यसमा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ भने जुन एमटी ०९ जेक्टर हेडलाइट रहेको छ।

डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ। अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ। एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको र भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम रहेको कम्पनीले जनाएको छ।

आर–१५ भी–३ मा पनि भीभीए समेत समावेश गरिएको छ। आरपीएममा पनि टर्कमा शक्ति उत्पन्न गर्ने र ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने बताइएको छ।

डार्क थिम समावेश गरिएको यसमा डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र ल्याङवेज रहेको छ। यो आगामी नाडा अटो शोमा प्रदर्शनीपछि बिक्री सुरु गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .