ad ad

बाइक


‘हिरो ग्ल्यामर’ नेपाली बजारमा, मूल्य २ लाख २० हजार

‘हिरो ग्ल्यामर’ नेपाली बजारमा, मूल्य २ लाख २० हजार

नेपालखबर
असोज २०, २०७७ मंगलबार १५:३४,

हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । युवामय एवं आधुनिक उत्पादनको सूचीप्रतिको आफ्नो प्रतिबद्धतालाई विस्तार गर्दै हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको हो ।

अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु–उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ ।

जसको बजार मूल्य हाललाई दुई लाख २० हजार रुपैयाँ कायम गरिएको छ । यो नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख सहरहरुमा रहेको हिरो डिलरसिपकहाँ असोज २३ अर्थात् बिहीबारबाट बिक्रीको लागि उपलब्ध हुनेछ । विश्वसनीय कार्य क्षमता एवं अद्भुत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताहरुको संयोजनले भरपूर यो नयाँ ग्ल्यामरमा आइबिएस (एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको कम्पनीले जनाएको छ ।

आईबीएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागहरुमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चनहरु पर गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ । यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थप गरिएका अन्य विशेषताहरुमा थ्रीडी ब्राण्डिङ्ग प्रतिरुप, नवीनतम धर्काहरु, स्प्लिट रियर ग्रिप, हगर फेण्डर र रिम टेपहरुका साथाथै यूएसबी चार्जर पनि रहेका छन् ।

भारतको जयपुर, राजस्थानमा रहेको हिरो मोटोकर्पको विश्वस्तरीय आरएण्डडी केन्द्र, ‘अनुसन्धान तथा प्रविधि केन्द्र’ (सीआईटी)ले यो नयाँ हिरो ग्ल्यामरको डिजाइन तथा विकास गरेको हो ।

नेपालमा हाल हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्ट्स, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनी, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कूटरहरु रहका छन् । हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ्ग लिमिटेड (एनजीएम) सँग मिलेर आफ्नो उत्पादनको बिक्री प्रारम्भ गरेको हो ।

एनजीएम हिरो मोटोकर्पको नेपालको लागि एकमात्र आधिकारिक वितरक हो । हिरोले आफ्ना ग्राहकहरुलाई नेपालमा रहेका २५० सम्पर्क स्थलहरु लगायत ७२ डिलरसिप, ८२ सर्भिस केन्द्रहरु र १०० भन्दा धेरै स्पेयर पार्ट बिक्री केन्द्रहरुको वृहत् सञ्जालमार्फत गुणस्तरीय सेवाप्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .