ad ad

बाइक


नेपालमा हार्ले डेभिडसनः बिक्री पनि सर्भिस पनि!

नेपालमा हार्ले डेभिडसनः बिक्री पनि सर्भिस पनि!

नेपालखबर
असार ३०, २०७६ सोमबार ९:५२,

चर्चित अमेरिकी बाइक ब्रान्ड हार्ले डेभिडसन नेपाल भित्रिएको छ। विश्वले चिन्ने यो बाइक ब्रान्ड नेपाल आएसँगै यसका बाइकहरु नेपालीले समेत किनेर चढ्न पाउने भएको छ। हार्ले डेभिडसन विश्वको नम्बर १ बाइक ब्रान्डमा पर्छ । बाइकर रिपोर्टका अनुसार यो ब्रान्ड पहिलो नम्बरमा पर्दा अन्य नौ ब्रान्डमा यमाहा, होन्डा, डुकाटी, कावासाकी, बीएमडब्ल्यु, सुजुकी, अप्रिलिया, ट्राइम्फ र केटीएम विश्वका टप १० वटा बाइक ब्रान्डमा अटाउँछन्।

harley 1

सन् २०१८ को नोभेम्बर १४ तारिखदेखि नेपालमा नै आधिकारिक कार्यालय स्थापना गरी यस कम्पनीले बाइक बिक्री तथा पार्टपुर्जा समेत उपलब्ध गराउँदै आएको हो। नेपालमा काठमाडौंस्थित गैह्रीधारामा कार्यालय खोलेर यस कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी हार्ले डेभिडसन बाइकको सर्भिसिङ सेवा दिँदै आएको छ। महङ्गो बाइकमा पर्ने अमेरिकन बाइक हार्ले डेभिडसन बाइकको सर्भिसिङ, सबै प्रकारका पास्ट तथा सेप्टीसम्बन्धी सम्पूर्ण सामग्री समेत उपलव्ध गराएको कम्पनीले जनाएको छ।

harley 2

सिंगापुर हुँदै नेपाल
नेपालमा आइएमई अटो मोट्र्स गु्रपले आधिकारिक बिक्रीको जिम्मा लिएको हार्ले हेभिडसन बाइक सिङगापुरबाट नेपाल आउँछ। अधिकांश बाइक तथा गाडीहरु भारत हुँदै आउने गरे पनि हार्ले डेभिडसन भने सिङ्गापुरबाट आउँछ। एसियन मुलुकका लागि सिङ्गापुरबाट बाइक तथा यसका सम्पूर्ण पार्टपुर्जाहरु आउने गर्छ। नेपालमै आधिकारिक कार्यालय स्थापना भएको करिब पाँच महिनामा २२ बाइकको सर्भिसिङ गरिएको कार्यालयले जनाएको छ। नेपालमा नै मागअनुसार विभिन्न कम्पनीले ल्याएको बाइक तथा भारत हुँदै नेपाल घुम्न आएका भारतीय पर्यटकको बाइक सर्भिसिङ गरिएको कम्पनीले जनाएको छ।

harley 3

विशेषगरी बाइक चालकहरुले लामो दूरीको यात्राको लागि हार्ले डेभिडसन बाइकको प्रयोग गर्ने गर्दछन। लामो दूरीबाट नेपाल आउँदा बाइक मर्मत तथा सर्भिसिङको सुविधा पाउँदा खुसी हुने गरेको कम्पनीका सर्भिसिङ म्यानेजर महेश थापा बताउँछन्। थापाका अनुसार लामो दूरीको यात्रापछि चालकले आफ्नो रोजाइअनुसारको कफीको साथमा बाइक सर्भिसिङको सुविधा लिन पाउँछन्। नेपालमा मात्रै प्रयोग गरिएको बाइक नभई अरु देशमा प्रयोगमा आएको मोडलको बाइकको समेत पार्टपुर्जाहरु कार्यालयमा उपलब्ध हुने कम्पनीले जनाएको छ। अरु देशबाट नेपालमा आएका बाइकको समेत मर्मत तथा सर्भिसिङ हुनेछ । कार्यालयमा नभएको पार्टपुर्जाहरुको माग गरेर तीन हप्ताभित्रै उपलब्ध हुने गरेको छ।

harley 5

अत्याधुनिक प्रविधि र मेसिनबाट सर्भिसिङ
हाल आधुनिक सामग्रीहरुमा टायर चेन्जर मेसिन मुख्य रहेको छ । अरु बाइक सर्भिसिङ हाउसहरुमा हातले नै टायर निकाल्ने र राख्ने गरिन्छ। तर हार्ले डेभिडसनमा भने अटोमेटिक मेसिनबाट नै टायर राखिन्छ। त्यस्तै स्पेसल टुल्स, ब्याट्री चार्जर, इन्जिन तेल, अटोमेटिक टुल्स लगायत आधुनिक मेसिनबाट सर्भिसिङ हुँदै आएको छ।  अरुको तुलनामा छिटो तथा गुणस्तरीय काम हुने भन्दै कम्पनीले अमेरिकाबाट नै आवश्यक सम्पूर्ण सामग्रीहरु ल्याएको जनाएको छ।

harley 6

८८३ सीसी, ४५ लाख मूल्य
हाल नेपालमा आइरन ८८३ मोडलको ८८३ सीसीको बाइक बिक्रीको लागि राखिएको छ। उक्त बाइकको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ पर्दछ । कम्पनीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार महङ्गो बाइक भएकाले तत्कालै बिक्री भएको छैन। २÷३ जना बाइकका सौखिनहरुले नयाँ बाइक लैजाने तयारी गरिरहेका छन् । उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि अब छिट्टै ग्राहकका घरमा नयाँ मोडलको बाइक हुनेछ।’

harley 7

अमेरिकी कम्पनी स्टान्डर्डमा हार्ले डेभिडसन बाइकको शाखा कार्यालय सञ्चालित हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .