ad ad

बाइक


अब आउनेछैन होन्डा सीबी युनिकर्न १६०, यस्तो छ बन्द हुनुको कारण

अब आउनेछैन होन्डा सीबी युनिकर्न १६०, यस्तो छ बन्द हुनुको कारण

नेपालखबर
असार २५, २०७६ बुधबार ९:३,

 भारतले सीबी युनिकर्न १६० र होन्डा मोटरसाइकल तथा स्कुटर उत्पादन बन्द गर्ने बताएको छ। सुरक्षा र प्रदूषण मापदण्ड परिमार्जन गर्नुपर्ने भएकाले यसको बिक्री संख्यामा समेत कमी आएको छ। सोही कारण उत्पादन नै बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।

२०१४ मा होन्डाले सीबी युनिकर्न १५० लाई विस्थापित गर्ने लक्ष्यसहित सीबी युनिकर्न १६० बजारमा ल्याएको थियो। सीबी युनिकर्न १६० बाट राम्रो प्रतिक्रिया नआएपछि २०१६ मा फेरी सीबी युनिकर्न १५० सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार सीबी युनिकर्न १५० झन्डै २० लाखको संख्यामा बजारमा रहेको बताएको छ।

१५० युनिकर्नमा एबीएससहति अपग्रेड गरिसकेको होन्डाले १६० मा कुनै परिवर्तन गराएको छैन। होन्डाका प्रमुख मिनोरु काटोले होन्डाका सबै बाइक तथा स्कुटर बीएस–६ इन्जिनमा उपलब्ध हुन नसक्ने भनेर केही महिनाअघि बताएका छैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .