ad ad

बाइक


तस्बिरमा यस्तो देखियो 'टीभीएस सुपर सिजन फाइनान्स मेला'

तस्बिरमा यस्तो देखियो 'टीभीएस सुपर सिजन फाइनान्स मेला'

नेपालखबर
असार ६, २०७६ शुक्रबार ११:२६,

 नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टीभीएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना भइरहेको छ।

यो मेला नेपालमै पहिलो पटक आयोजना भएको कम्पनीले जनाएको छ। आगामी आइतबारसम्म चल्ने मेला काठमाडौंको भृकुटीमण्डपमा गत बुधबारदेखि सुरु भएको थियो। मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

tvs 1

ग्राहकहरुले ७।९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत सुरु भुक्तानीमा विश्वस्तरीय टीभीएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता ५ हजार ५ सय रुपैयाँबाट सुरु हुनेछ । साथै ग्राहकहरुले हरेक एक्स्चेञ्जमा ३० हजार सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

tvs 2

मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्र्याच कार्डमार्फत सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टीभीएस बाइक खरिद गर्ने ग्राहकहरुले टीभीएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैमा प्राप्त गर्नेछन् ।

tvs 3

यसको सुरुवातदेखि नै टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मूल्य र सेवाहरु पाँच वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।

tvs 4

देशभर सयभन्दा बढी डिलरहरुको सञ्जालमार्फत टीभीएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिमप्राप्त जनशक्ति परिचालन गरेको कम्पनीले जनाएको छ ।

टीभीएसले आगामी दिनहरुमा पनि ग्राहक लक्षित योजनाहरु र अफरहरु सञ्चालन गर्ने बताएको छ ।

tvs 6

tvs 7

tvs 8

tvs 9

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .