ad ad

बाइक


तीन महिनामा ५ अर्बका मोटरसाइकल र १९ करोडको टेम्पो आयात

तीन महिनामा ५ अर्बका मोटरसाइकल र १९ करोडको टेम्पो आयात

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ८:३०,

रुपन्देहीमा रहेको भैरहवा भन्सार नाका भएर चालू आर्थिक वर्षको तीन महिनामा ५ अर्ब बढी मूल्यबराबरका मोटरसाइकल र झण्डै १९ करोडको टेम्पो आयात भएका छन्। भारतबाट आयात हुने सामग्रीहरुमा चालू आर्थिक वर्षको तीन महिनामा अटोमोबाइल्स क्षेत्रअन्तर्गत मोटरसाइकल र टेम्पोको आयात बढ्दै गएको हो।

यी दुई यातायातका सामग्रीहरुको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी कलिराम पौडेलका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा १८ हजार ६४ वटाले वृद्धि भई ५९ हजार तीन सय ५३ पुगेको छ। गत आर्थिक वर्षमा तीन अर्ब ३९ करोड रुपैयाँबराबरका ४१ हजार दुई सय ८९ वटा मोटरसाइकल आयात भएका थिए। यो तीन महिनामा दुई अर्ब छ करोड बढीको मोटरसाइकल आयात बढेको छ। तीन महिनामा पाँच अर्ब ३५ करोड मूल्य बराबरका मोटरसाइकलहरु आयात भएका हुन् ।

त्यसैगरी चालू आर्थिक वर्षको तीन महिनामा १९ करोड ३४ लाख रुपैयाँ रुपैयाँबराबरका एक हजार दुई सय ५५ वटा टेम्पोहरु आयात भएका छन्। गत आर्थिक वर्षको तीन महिनामा छ करोड १२ लाख रुपैयाँबराबरका चार सय २० वटा टेम्पोहरु आयात भएका थिए। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा अटोमोबाइल्स क्षेत्रमा बढेको आयात वृद्धिले चालू आर्थिक वर्षको तीन महिनामा राजस्व संकलनमा पनि वृद्धि भएको हो।

यो भन्सार हुँदै भारतबाट चालू आर्थिक वर्षको तीन महिनामा ४० करोड मूल्यबराबरको वस्तु आयात भएको छ। चालू आवको असोज मसान्तसम्म ४० अर्ब ११ करोड रुपैयाँ मूल्यबराबरका विभिन्न सामग्रीहरु भारतबाट आयात भएको छ।

त्यस्तै, तीन महिनामा ७६ करोड ५७ लाख मूल्यबराबरको नेपालबाट विभिन्न प्रकारका सामग्रीहरुको निकासी (निर्यात) भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .