ad ad

बाइक


रोयल इन्फिल्ड ३५० क्लासिक भर्सेस बुलेटः यस्ता छन् समानता र भिन्नता

रोयल इन्फिल्ड ३५० क्लासिक भर्सेस बुलेटः यस्ता छन् समानता र भिन्नता

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ८:१४,

रोयल इन्फिल्डको ३५० क्लासिक र बुलेट बाइक नेपालमा धेरै लोकप्रिय बाइक हुन्। रोयल इन्फिल्डको ३५० क्लासिक र बुलेटमा धेरै फिचर उस्तै छन् तर केही फरक पनि छन्।

दुवै बाइकको इन्जिन सीसी ३४६ हो भने इन्जिन एक सिलिन्डरयुक्त रहेका छन्।

पावरमा दुवै मोटरसाइकल उस्तै हुन्। दुवैमा १९.८ बीपीएच र ५२५० आरपीएम रहेकोमा टर्क पावर २८ एनएम र ४ हजार आरपीएम रहेको छ।

इन्धन ट्याङ्की क्षमता दुवै बाइकमा १३.५ लिटर रहेको छ। त्यस्तै रिजर्भ ट्याङ्की २.५ लिटरको छ।

ग्राउन्ड किलियरेन्स १३५ एमएम रहेको दुवै बाइकमा पाँचवटा गियर रहेका छन्।

दुवै बाइकको पाङ्ग्रा १९ इन्च रहेको छ।

फरक
क्लासिक ३५० मा सेल्फ र किक स्टार्ट दुवै फिचर छन् भने बुलेटमा किक स्टार्ट मात्र रहेको छ। ४० किमि माइलेज बुलेटको छ भने ३७ किमि माइलेज क्लासिकले दिन्छ।

क्लासिक बाइकको तौल १९२ किलो छ भने बुलेट बाइकको तौल १८३ किलो रहेको छ। जसमा क्लासिकको लम्बाइ २१६० चौडाइ ७९० र हाइट १०९० एमएम छ भने बुलेटको लम्बाइ २१४० चौडाइ ८१० र हाइट ११२० एमएम रहेको छ।

क्लासिक ३५० को पछाडिको २४० एमएमको डिस्क ब्रेक रहेको छ भने बुलेटको ड्रम ब्रेक १५३ एमएमको रहेको छ।

बुलेट बाइकको ब्याट्री १२ भोल्ट ५ एच रहेको छ भने क्लासिक १२ भोल्ट ८ एच रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .