ad ad

बाइक


होण्डा डीआईओ डीएलएक्स स्कुटर नेपाली बजारमा

होण्डा डीआईओ डीएलएक्स स्कुटर नेपाली बजारमा

नेपालखबर
असार ४, २०७६ बुधबार १५:५४,

 नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा सर्वाधिक बिक्री हुने डीआईओ स्कुटरको नयाँ मोडेल होण्डा डीआईओ डीएलएक्स नेपाली बजारमा भित्र्याएको छ।

समकालीन सहरी डिजाइनमा आधारित होण्डा डीआईओ डीएलएक्समा आकर्षक र स्टाइलिस लुक रहेको छ। यसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे कम्पनीले जनाएको छ । उत्कृष्ट माइलेज भएको १०९ सीसी इन्जिनयुक्त यस डीआईओ डिएलएक्समा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै ईसीओ स्पिड इण्डिकेटर रहेको छ।

सिट ओपनिङ स्विचका साथै फो इन वान लक सिस्टम रहेको यस स्कुटरमा अगाडि अवस्थित स्मार्ट सिट ओपनिङ स्विच र प्रशस्त अण्डर सिट स्टोरेजले अझ बढी उपयोगी बनाएको कम्पनीको दाबी छ। इक्वेलाइजरका साथ कोम्वी ब्रेक सिस्टमयुक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्दछ।

विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा डीआईओ डीएलएक्समा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको सर्भिस ड्यु इन्डिकेटर रहेको कम्पनीले जनाएको छ । यसले चालकहरु लागि नियमित रुपमा सर्भिसिङ गर्नको लागि स्मरण गराउँछ । मोबाइल चार्जिङ्ग सकेटसहित उपलब्ध यस नयाँ डीआईओ डीएलएक्सको नेपाली मूल्य दुई लाख तीन हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

सन् १९६७ मा ज्योति ग्रुपद्वारा आयात गरिने होण्डा मोटरसाइकलहरुको बिक्री वितरणसँगै स्थापित स्याकार ट्रेडिंग कम्पनी प्रालि नेपालको एक प्रतिष्ठित र अग्रणी कम्पनी हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .