ad ad

बाइक


हिरोको एक्सपल्स २०० बाइक नेपाली बजारमा

हिरोको एक्सपल्स २०० बाइक नेपाली बजारमा

नेपालखबर
असोज २८, २०७६ मंगलबार ८:४४,

हिरोको एक्स्पल्स२०० मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु भएको छ। हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले आफ्नो अत्यधिक लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० नेपाली बजारमा मंगलबार सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।

हिरो कम्पनीले उत्पादन गरेको मोटरसाइकल एक्सपल्स २००को मूल्य ३ लाख ८५ हजार कायम रहेको कम्पनीले जानकारी गराएको छ। यसमा आधुनिक डिजाइन सर्वश्रेष्ठ प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिविम्बित गरेको कम्पनीले दाबी गरेको छ। उक्त मोटरसाइकल भारतमा समेत लोकप्रिय बन्दै गएको छ।

एक्सपल्स २०० मोटरसाइकल दुई सय सीसीको सीभी कार्बुरेटर इन्जिन जडान गरिएको छ। यसले १८ दशमलव ४ पीएस पावर र १७ दशमलव १ एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ। यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ। यसमा रहेको मोनोशकले कुनै पनि स्थानमा गति लिन मजबुती प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ।

यो मोटरसाइकल चक्लेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी चार विविध रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .