बैंक/वित्त


हिमालयन बैंकको मोबाइल बैंकिङमा नेपालपे क्यूआर उपलब्ध

हिमालयन बैंकको मोबाइल बैंकिङमा नेपालपे क्यूआर उपलब्ध

नेपालखबर
फागुन २७ , काठमाडौँ

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ (एचआई–एमबी) मा एकीकृत नेपालपे क्युआरको सफल रुपमा अन्तर आबद्धता कायम गरेको छ।

अब बैंकका ग्राहकहरुले एचआई–एमबीको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। 

साथै, बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तर सञ्चालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी ‘एग्रिगेटेड क्यूआर’ पनि स्वीकार गर्ने कार्यको थालनी गरेको जनाएको छ छ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआर स्थापना र एसीएचएलद्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ। 

बैंकका अनुसार वाणिज्य बैंक मध्ये नेसनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्यूआर लाई एग्रिकेटेड क्यूआर को रुपमा लागू गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ।

बैंकका ब्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरु बाट (एचआई–एमबी) अथवा  नेपालपे क्यूआरमा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन्। 

फागुन २७, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.