बागमती


१० तस्बिरमा हेर्नुहोस् हेटौँडाका भग्नावशेष सरकारी संरचना

१० तस्बिरमा हेर्नुहोस् हेटौँडाका भग्नावशेष सरकारी संरचना

सुनिता विष्ट
भदौ २६, २०८२ बिहिबार १८:४६, हेटौँडा

मंगलबार भएको जेन–जी प्रर्दशनमा बागमती प्रदेशको राजधानी हेटौँडाका सरकारी संरचनाहरु ध्वस्त भएका छन्। प्रदर्शनकारीहरुले आजगनी तथा तोडफोड गर्दा सरकारी संरचनाहरुमा क्षति पुगेको हो। 

हेटौँडाका अधिकांश सरकारी संरचनाहरु खरानीमा परिणत भएका छन्। १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयमात्रै संरक्षित छन्। त्यसबाहेक वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ। 

बाँकी सबै मन्त्रालयको भवन खरानीमा परिणत भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा उपमहानरपालिकाको कार्यालय, प्रदेश सभा भवन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यातायात सेवा कार्यालय हेटौँडा, प्रदेश आपतकालिक आपूर्ति केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, मकवानपुर जिल्ला अदालत जेन–जी समूहले आगो लगाए। 

यता, प्रदेश प्रमुख सचिवको निजी निवास, लोक सेवा आयोग बागमती प्रदेश भवनसँगै हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडाहरुमध्ये १, ३, ४, १०, ११ र १९ नम्बर वडा कार्यालयमा समेत आगजनी गरियो। यो सँगै जिल्लाका केही नेताहरुको निजी निवासमा सकेत जेन जी समूहले आगजनी गरे। 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको घर, प्रदेश सांसद एकालाल श्रेष्ठको घर, एमाले जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको घर, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको घरमा आगजनी गरियो। 

हेटौँडा बाहेक अन्य स्थानीयहरुरूमा पश्चिमी मकवानपुरमा पर्ने मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा पनि तोडफोड र आगजनी भयो। एकैदिन सरकारी संरचना र नेताको घर जलाएका आन्दोलनकारीहरुले आन्दोलन पश्चात् हेटौँडा–१ चौकीटोलमा रहेको भाटभटेनी सुपरमार्केटमा पसेर लुटपाट मच्चाए। लुटपाट पश्चात् गरिएको आगजनीबाट भाटभटेनी पूर्णरुपमा जलेर ध्वस्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad