बागमती


वसन्तपुर र इन्द्रचोकका दुई रेस्टुरेन्टमा अखाद्य तेल, अनुगमन टोलीद्वारा ३१ लिटर नष्ट

वसन्तपुर र इन्द्रचोकका दुई रेस्टुरेन्टमा अखाद्य तेल, अनुगमन टोलीद्वारा ३१ लिटर नष्ट

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १३:३२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले वसन्तपुर र इन्द्रचोक क्षेत्रका दुई रेस्टुरेन्टका गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ।

महानगरपालिकाको कृषि तथा पशुपक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले जाँच गर्दा दुई रेस्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहबरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको हो। 

महानगरपालिकाले मंगलबार दिएको जानकारीअनुसार सोमबार काठमाडौँ वडा नं. २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलमा अनुगमन गरेको हो।

मिठाई पसलको नमुना संकलन गरी परीक्षण गर्दा मिठाई पसल भने सबै मापदण्डअनुरूप रहेको पाइएको महानगरपालिकाले जनाएको छ। 

अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न, एप्रोन, हेयरनेट र मास्क अनिवार्य प्रयोग गर्न तथा कानुनसम्मत ढंगले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै सबै व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन आह्वान गरेको छ।

बजार अनुगमनका केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad