बागमती


हावाको गति बढेपछि काठमाडौँमा घट्यो वायु प्रदूषण

हावाको गति बढेपछि काठमाडौँमा घट्यो वायु प्रदूषण

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १२:२८, काठमाडौँ

आज (शुक्रबार) हावाको गति बढेपछि काठमाडौँमा वायु प्रदूषणको मात्रा पनि घटेको छ।

केही दिनयता विश्वकै पहिलो वायु प्रदूषित सहर बनेको काठमाडौँ उपत्यका आज भने प्रदूषण घटेर सातौँ नम्बर मा सूचीकृत भएको छ।

‘एयर क्वालिटि इन्डेक्स’को तथ्यांकअनुसार बिहीबार मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण ३ सय ४८ एक्यूआईसम्म पुगेको  थियो।

आज भने यो खबर तयार पार्दासम्म प्रदूषण घटेर १ सय ४७ एक्यूआईमा झरेको छ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत  गर्छन्।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए।

‘काठमाडौँ कचौरा आकारमा पनि छ। पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ’, उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ। यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरुरी छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad