बागमती


धादिङमा ब्याक गर्ने क्रममा ट्यांकर खस्यो, २ जनाको मृत्यु, २ गम्भीर घाइते

थप उपचारका लागि काठमाडौँ रिफर
धादिङमा ब्याक गर्ने क्रममा ट्यांकर खस्यो, २ जनाको मृत्यु, २ गम्भीर घाइते

प्रतीकात्मक तस्बिर


सुनिता विष्ट
फागुन १४, २०८१ बुधबार ७:२४, हेटौँडा

धादिङको गल्छी गाउँपालिका-३, गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

आज बिहान करिब २ बजेतिर आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५/६ सय मिटर तल खसेको हो। 

दुर्घटनामा धादिङ गजुरी गाउँपालिका-६ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा १९ वर्षका शिरिष चेपाङ र १७ वर्षका सुरेश चेपाङ गम्भीर घाइते भएका हुन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुनौला बजारबाट प्रहरी निरीक्षक राजु प्रसाद ढकालको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक राजकुमार खड्काको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा खटिएका थिए। 

घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको छ भने ट्यांकर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ट्यांकर ब्याक गर्ने क्रममा सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad