बागमती


विद्युत सर्ट हुँदा मन्त्रालयमा आगलागी भयो : खानेपानी मन्त्री यादव

विद्युत सर्ट हुँदा मन्त्रालयमा आगलागी भयो : खानेपानी मन्त्री यादव

आगलागी भएपछि निरीक्षणमा पुगेका मन्त्री यादव


नेपालखबर
माघ २६, २०८१ शनिबार १४:१०, काठमाडौँ

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको आगलागीको कारण विद्युत सर्ट भएको मन्त्री प्रदीप यादवले बताए। मन्त्रालयको चौथो तलामा शनिबार बिहान आगलागी भएको थियो। 

'हिजो(शुक्रबार) नै केही जलेको जस्तो गन्ध आएको थियो। त्यसलाई हेरौँ है भनेर त्यहाँ भनेको पनि थिएँ,' मन्त्री यादवले भने, 'आज बिहान त आगलागी भइहालेछ।'

आगोलागीबाट केही कागजात जले पनि महत्त्वपूर्ण कागजात केही नभएको उनको भनाइ छ। चौँथो तला(मन्त्रीको कार्यकक्ष भएको‌)का तीनवटा कोठामा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीले क्षतिको विवरण आउन भने केही समय लाग्ने बताएको छ।  आगो दमकलको सहायताले निभाइएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad