मकवानपुरमा काम गरिरहेको बेला रुखको हाँगा भाँचिएर लाग्दा एकजनाको ज्यान गएको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगाले लाग्दा महादेव प्रजाको ज्यान गएको हो। जंगलमा पानीको कुलो खन्ने क्रममा रुखको हाँगा भाँचिएर लाग्दा राक्सिराङ–५ ठाडे गाउँका ५० वर्षीय प्रजाको ज्यान गएको हो।मकवानपुर प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी दिँदै मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार आइतबार बिहान ठाडे गाउँका ९/१० जनाको समूह पानीको कुलो खन्नका लागि जंगल गएका थिए। काम गरिरहेको समयमा सिमलको रुखको हाँगा अचानक भाँचिएर प्रजामाथि बजारिँदा गम्भीर चोट लागेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको डीएसपी अर्यालले बताए।
घटनापछि स्थानीय प्रशासन र प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेको तथाघटनाबारे आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया