ad ad

बागमती


भीमफेदीमा कार भिरबाट खस्यो, ३ जनाको मृत्यु

भीमफेदीमा कार भिरबाट खस्यो, ३ जनाको मृत्यु

नेपालखबर
जेठ १६, २०८१ बुधबार २०:४०, हेटाैँडा

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार सडकबाट खस्दा ३ जनाको मृत्यु भएको छ।

हेटौंडा–भैसे–भीमफेदी– काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

घाइते ५ जना मध्ये तीन जनाको उपचारका क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

घाइतेहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

घाइते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .