ad ad

बागमती


कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, सहचालक घाइते

कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, सहचालक घाइते

नेपालखबर
असार १४, २०७९ मंगलबार ७:३४, काठमाडौँ

काठमाडौंको कोटेश्वरमा सोमबार बेलुका गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।  

प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका ७:४० बजे काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकनजिक कोटेश्‍वरबाट बालकुमरीतर्फ जाँदै गरेको बा २ ख १२३१ नं को जम्बो हाइसले पैदलयात्री स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेनलाई ठक्कर दिएको हो। दुर्घटनालगत्तै शेनलाई बी एन्ड बी हस्पिटल (ग्वार्को, ललितपुर) मा लगिए पनि उपचारका क्रममा सोमबार ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  

शेनलाई ठक्कर दिएको हाइसले बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्रदेश नं. ३–०१–००६ ख ०२९५ नम्बरको ट्रकलाई समेत ठक्कर दिँदा हाइसका सहचालक रामेछाप मन्थली नगरपाािलका वडा नम्बर स्थायी घर भई हाल ललितपुर कुमारीपाटी बस्ने वर्ष २३ का विमल सुनुवार घाइते भएको प्रहरीले जनाएको छ। ​

सहचालक सुनुवारलाई उपचारका लागि सिभिल हस्पिटल (नयाँबानेश्वर) लगिएको छ।

प्रहरीका अनुसार ठक्कर दिने बा २ ख १२३१ नम्बरका जम्बो हाइस र हाइसले ठक्कर दिएको प्रदेश नं ३–०१–०० ६ ख ०२९५ नम्बरको ट्रक र ट्रक चालकलाई बानेश्वरस्थित प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ। हाइसका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

घाइते सहचालकको अवस्था बोल्न सक्ने (कम्मर र दुवै खुट्टामा चोट) रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .