ad ad

अटो


विश्वभर ‘ग्राउन्डेड’ बोइङको म्याक्स जेट विमान आईएजीले २ सयवटा किन्ने!

विश्वभर ‘ग्राउन्डेड’ बोइङको म्याक्स जेट विमान आईएजीले २ सयवटा किन्ने!

नेपालखबर
असार ४, २०७६ बुधबार ६:४०,

इन्टरनेशनल एयरलाइन्स ग्रुप (आईएजी)ले बोइङको हाल संसारका अधिकांश देशले ग्राउन्डेड गरेका म्याक्सजेट ७३७ विमान २ सयवटा किन्नको लागि ‘लेटर अफ इन्टेन्ट’मा हस्ताक्षर गरेको छ।

विश्वभर उक्त मोडलका विमान समस्यायुक्त भन्दै ग्राउन्डेड गरिरहेको बेला ब्रिटिश एयरवेज र आईबेरियाको परिवार कम्पनी आईएजीले भने विमान किन्ने इच्छापत्रमा हस्ताक्षर गरेको हो।

फ्रान्सको पेरिसमा भइरहेको विमान कम्पनीहरुको एयरशोका क्रममा यस्तो सम्झौता भएको मिडियाहरुले जनाएका छन्। हाल ग्राउन्डेड रहेका बोइङका विमानहरु केही महिनामै उडानमा फर्किनेमा विश्वस्त रहेको पनि आईएजीले जनाएको छ। बोइङले ७३७ म्याक्स विमानमा सफ्टवेयर फिक्स गर्नका लागि प्रयास गरिरहेको छ।

इथियोपिया र इन्डोनेसियामा भएको उक्त मोडलका दुई जहाज दुर्घटनापछि हाल सबैजसो यो मोडल भएका विमान कम्पनीहरुले बोइङका जहाज ग्राउन्डेड गरिरहेका छन्। इथियोपियन एयरलाइन्सको दुर्घटनामा १ सय ५७ जना र लायन एयरको दुर्घटनामा १ सय ८९ जनाले ज्यान गुमाएका थिए।

आईएजीले किन्ने विमानहरु ब्रिटिश एयरवेजले समेत प्रयोग गर्नेछ। सम्झौतापत्रमा आईएजीका प्रमुख कार्यकारी वालि वाल्सले बोइङप्रति आफू पूर्ण विश्वस्त रहेको बताए। आईएजीले आफ्नो पहिलो प्राथमिकता नै यात्रु र क्रुसदस्यको सुरक्षा भएको जनाएको छ।

यदि यो सम्झौता कार्यान्वयनमा गए बोइङले २४ अर्ब अमेरिकी डलर मूल्यबराबरका दुई सयवटा ७३७ म्याक्सजेट आईएजीलाई उपलब्ध गराउनुपर्नेछ।

बीबीसीबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .