ad ad

अटो


टीभीएसको पांच दिने ‘सुपर सिजन फाइनान्स’ मेला, के-के छन् सुविधा?

टीभीएसको पांच दिने ‘सुपर सिजन फाइनान्स’ मेला, के-के छन् सुविधा?

नेपालखबर
असार ३, २०७६ मंगलबार १५:४५,

नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टीभीएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना गर्ने भएको छ ।

यो नेपालमै पहिलो पटक आयोजना हुनलागेको कम्पनीले जनाएको छ । मेला बुधबारदेखि सुरु भई आगामी आइतबारसम्म पाँच दिन काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत सुरु भुक्तानीमा विश्वस्तरीय टीभीएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता ५ हजार ५ सय रुपैयाँबाट सुरु हुनेछ । साथै ग्राहकहरुले हरेक एक्स्चेञ्जमा ३० हजार सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्र्याच कार्डमार्फत सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टीभीएस बाइक खरिद गर्ने ग्राहकहरुले टीभीएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैमा प्राप्त गर्नेछन् ।

यसको सुरुवातदेखि नै टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मूल्य र सेवाहरु पाँच वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर सयभन्दा बढी डिलरहरुको सञ्जालमार्फत टीभीएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिमप्राप्त जनशक्ति परिचालन गरेको कम्पनीले जनाएको छ ।

टीभीएसले आगामी दिनहरुमा पनि ग्राहक लक्षित योजनाहरु र अफरहरु सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .