ad ad

अटो


पाइलटले 'भूलवश' अपहरण भएको सन्देश दिने बटन थिचेपछि...

पाइलटले 'भूलवश' अपहरण भएको सन्देश दिने बटन थिचेपछि...

नेपालखबर
असार २, २०७६ सोमबार १२:२४,

एयर एसियाको एउटा उडानमा पाइलटले ट्राफिक कन्ट्रोल युनिटलाई आकस्मिक संकेतको साटो भूलवश विमान अपहरणमा परेको संकेत दिने बटन थिच्न पुगेका छन्।

हवाइसेवासम्बन्धी समाचार अनलाइन एयरलाइभ डटनेटका अनुसार उक्त संकेतपछि भारतीय सेनाले अपहृत विमानका लागि आवश्यक अपरेसन नै सञ्चालन गर्नुपरेको बताइएको छ।

air asia 2

यो घटना यही जुन महिनाको ९ तारिखमा भएको हो। एयर एसियाको उडान आई५७१५ अन्तर्गत दिल्लीबाट श्रीनगर जाँदै गरेको विमानमा यस्तो घटना भएको थियो। उडेको ५० मिनेटमै विमानको एउटा इन्जिन रोकिएको र विमान एयरबस ए३२० ले उचाइ लिन समस्या भएको थियो। सोही बखत चालकदलका पाइलटले आकस्मिक संकेत दिने बटन स्क्वाक ७७०० थिच्नुपर्नेमा भूलवश अपहरणमा परेको संकेत दिने ७५०० नम्बर थिच्न पुगे।

त्यसलगत्तै सैनिक एयर ट्राफिक कन्ट्रोल युनिटका कन्ट्रोलरहरुले विमानले लिनसक्ने ३४ हजार फिट उचाइ कम भइरहेको र अपहरणमा परेको संकेत देखेका थिए। तत्कालै भारतीय एयर फोर्सले अपहृत विमानको लागि आवश्यक सबै सैनिक प्रक्रिया पूरा गरेको थियो। पछि पाइलटले आफूबाट गल्ती भएको मिलिटरी कन्ट्रोल युनिटलाई बताएका थिए। उक्त विमान डाइभर्ट भएर चण्डीगढमा सुरक्षित अवतरण गरेको थियो। विमानमा १ सय ७५ जना यात्री रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .