ad ad

अटो


‘एक्सट्रीम ब्याकहो लोडर’ नेपालमा, मूल्य ४१ लाख २० हजार

‘एक्सट्रीम ब्याकहो लोडर’ नेपालमा, मूल्य ४१ लाख २० हजार

नेपालखबर
असार २, २०७६ सोमबार १०:५०,

नेपाली बजारमा इस्कर्टस कम्पनीको ‘एक्सट्रीम ब्याकहो लोडर’ पनि भित्रिएको छ।

नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको आधिकारिक विक्रेता द हबी अटो ट्रेडिङ कम्पनीले सो लोडर नेपाली बजारमा भित्र्याएको हो। ४१ लाख २० हजार मूल्य रहेको सो लोडर सडक, जलविद्युत आयोजना, खानी उत्खनन्, कृषि लगायतका पूर्वाधार निर्माणमा अति उपयोगी हुने दावी गरिएको छ।

यसको खरिद गर्दा ८० प्रतिशतसम्म फाईनान्सको सुविधा लिन पाउने व्यवस्था पनि गरिएको कम्पनीका प्रबन्ध निर्देशक उमेश मानन्धरले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिए। सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुरुवातमा सो लोडर खरिद गर्ने एक जनालाई थाईल्याण्ड भ्रमणको स्किम दिइने जानकारी पनि गराइएको छ।

कम्पनीले न्यून इन्धन खपत गर्ने भएकाले सो लोडर नेपाली बजारमा अति उपयोगी हुने विश्वास पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .