ad ad

अटो


करछुटसँगै घट्यो विद्युतीय गाडीको मूल्य, कुनको कति झर्‍यो?

करछुटसँगै घट्यो विद्युतीय गाडीको मूल्य, कुनको कति झर्‍यो?

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १०:४८,

सरकारले विद्युतीय गाडीमा कर घटाएसँगै कम्पनीहरुले धमाधम विद्युतीय गाडीको मूल्य घटाएका छन्।

गत वर्ष तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा ६० प्रतिशतदेखि ११० प्रतिशतसम्म कर बढाएका थिए।

व्यवसायीले विद्युतीय गाडी नै आयात गर्न छाडेपछि सरकारले असोजमा अन्तःशुल्कमा संशोधन गरेको थियो। त्यसपछि पनि गाडी ४० प्रतिशतसम्म महंगो भएकाले नेपालमा आयात घटेको थियो।

आर्थिक अध्यादेश २०७८ मार्फत सरकारले अन्तःशुल्क खारेजसँगै सबै गाडीको मूल्य घटेको छ। नेपालमा विद्युतीय गाडी बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडीको मूल्य घटाउँदै बुकिङ सुरु गरेका छन्।

कर घटाएसँगै हुन्डाई कम्पनीले पनि आफ्ना गाडीको मूल्य घटाएको छ। हुन्डाईले नेपालमा दुई मोडलका कोना इलेक्ट्रिकमध्ये एउटा १०० किलोवाट र १५० किलोवाट क्षमताका गाडी बिक्री गर्दै आएको छ।

सरकारले १० किलोवाटसम्मकालाई १० प्रतिशत भन्सार र १५० किलोवाटका गाडीमा १५ प्रतिशत भन्सार लगाउने नीति ल्याएको छ।

नयाँ मूल्यसूचीअनुसार हुन्डाई १०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य ७६ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजारमा झरेको छ। यसमा २० लाख मूल्य घटेको छ।

कोना मोडलकै १५० किलोवाट मोटरको मूल्य एकैपटक २३ लाख रुपैयाँले घटेको छ। जसअनुसार ९४ लाख ९६ हजारबाट २३ लाख रुपैयाँ घटेर ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

बजारमा उपलब्ध हुन्डाईको आयोनिक ईभीको मूल्यमा २० लाख रुपैयाँले घटेको छ। १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजारमा झरेको छ।

पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गाडी एमजी जेडएसको नयाँ मूल्य सार्वजनिक गरेको छ । करका दर घटेसँगै एमजी ईजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

गत वर्ष बजेटमा कर बढाएपछि यस गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

किया मोटर्सले निरो विद्युतीय गाडीको मूल्य ६९ लाख ९० हजार मूल्य तोकेको छ। कम्पनीले स्टकमा रहेका गाडीको लागि बुकिङ गरेको जनाएको छ।

त्यस्तै, बीवाईडीका विद्युतीय गाडी बिक्री गर्दै आएको साइमेक्स इन्कले सरकारले बजेटमार्फत कर घटाएकोमा खुसी व्यक्त गर्दै नेपालमा विद्युतीय गाडीको मूल्य घट्ने जनाएको छ।

कम्पनीले विद्युतीय प्रयोगमा प्रोत्साहन मिल्ने उल्लेख गरेको छ।

विद्युतीय गाडीमा कर घटेसँगै नेपालमा नयाँ मोडलका विद्युतीय गाडी समेत भित्रिने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .