ad ad

अटो


नाडा अटो शो अटो व्यवसायीको जमघट हुने अवसरः नाडा उपाध्यक्ष दुलाल

नाडा अटो शो अटो व्यवसायीको जमघट हुने अवसरः नाडा उपाध्यक्ष दुलाल

नेपालखबर
भदौ २, २०७६ सोमबार ७:३,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यस वर्षको नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुँदै छ। यो वर्षको नाडा अटो शोमा ६ दिन सम्म सञ्चालन हुने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ता आउने तथा एक अर्ब माथिको ब्यापार गर्ने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन्। 

नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलाल नाडा अटो शो नेपालमा हुने अरु शो को तुलनामा सबैभन्दा ठूलो शो भएको बताउँछन्। उनी यसलाई व्यवस्थित मोटर मेला पनि भन्न रुचाउँछन् जसले सबै अटो व्यवसयाीहरुलाई समेट्छ। उनी भन्छन्, ‘सबै व्यवसायीहरु जमघट गर्ने स्थान पनि बनेको छ। यो अटो शोमा आफ्नो व्यवसायको प्रवर्द्धन त हुन्छ नै। त्यसका साथै हामीले रोड सेफ्टीको कुरा पनि गर्छौ। कस्ता जनशक्ति, गुणस्तको मापदण्डको बहस पनि यसमा हुने गर्छ। अर्को कुरा देशको आर्थिक समृद्धिमा अटो क्षेत्रले कस्तो सहयोग पुर्याउन सक्छ भन्ने कुरा पनि यसमा गर्छौ।’

dulal

राज्यको नीतिका कारण नेपालको अटो व्यवसाय हाल सुस्ताएको दुलाल बताउँछन्। उनी भन्छन्, ‘सरकारले लिएको लोन पोलिसीदेखि कर पोलिसीसम्मले प्रभाव परिरहेको छ। तर यो कुरालाई अहिले थाति राखेर हामी अटो शोलाई सफल बनाउन चाहन्छौँ। सरकारले जस्तो नीति लिए पनि त्यसको नै अधीनमा रही हामी व्यवसाय गर्छौ नै। अटो शो पनि नाडाको वार्षिक साधारणसभा पनि छ, उक्त सभाले नयाँ कार्यासमिति समेत चयन गर्छ।’

अटो व्यवसायीको निर्वाचनबारे दुलाल आफूलाई अध्यक्षको दावेदार भएको बताउँछन्। उनी भन्छन्, ‘म १० वर्ष नाडामा रहेर काम गरिसकेको छु। साथीहरुको सहयोग र सुझाव लिएर अध्यक्षमा उम्मेदवारी लिने मनसाय बनाएको छु। मेरो उद्देश्य र नाडाको उद्देश्य भनेको साना व्यवसयीदेखि ठूला व्यवसयीसम्मको समन्वय गर्ने हो। मेरो उद्देश्य पनि त्यही हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .