ad ad

अटो


टाटा प्यासेन्जर कारको फ्रि सर्भिस र वारेन्टी १ महिना थप

टाटा प्यासेन्जर कारको फ्रि सर्भिस र वारेन्टी १ महिना थप

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ८:४४,

टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले टाटाको सबै कारहरुको फ्री सर्भिस र ओरिजिनल इक्विप्मेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ।

निषेधाज्ञाको कारण ग्राहकलाई अप्ठ्यारो परेको भन्दै कम्पनीले निःशुल्क सर्भिस र वारेन्टीको समय १ महिना थपेको हो।

यदि टाटा कार ग्राहकहरुको फ्रि सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरुअन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरिएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारीका अनुसार अहिले महामारीको रुपमा विश्वभरि फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यकबाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाई भएको कारण फ्रि सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टीको अवधि थप गरिएको हो।

कम्पनीले जनाएअनुसार यस आपत्कालीन समयमा पनि टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित छ।

यदि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्रीसम्बन्धी सेवा चाहिएमा, कम्पनीको टोल फ्री नम्बर १६६००१५५७७७ (नेपाल टेलिकम) वा ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

यसको साथै टाटा कारका ग्राहकहरुले सिप्रदीको सिप्रदी एप्सबाट पनि आफ्नो गाडीको सर्भिस बुकिङ्ग गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .