ad ad

अटो


नाडा अटो शो आगामी १० गतेदेखि सुरु हुने, ७५ हजार दर्शक आउने अनुमान

नाडा अटो शो आगामी १० गतेदेखि सुरु हुने, ७५ हजार दर्शक आउने अनुमान

नेपालखबर
भदौ १, २०७६ आइतबार ९:९,

यस वर्षको नाडा अटो शो यही भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ। सवारीसाधनहरुको भव्य प्रदर्शनी तथा ठूलो मेला नाडा अटो शो १४औँ संस्करण हो।

यसपटकको शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ। यो प्रदर्शनीमा सवारीसाधनबाहेक तिनका पार्टपुर्जा, विभिन्न सेवाहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ। चाडपर्वको पूर्वाद्र्धमा आयोजना हुनलागेको शोमा सवारीसाधन व्यवसायी, ग्राहकहरु र अटोमाबाइलसँग प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले जनाएको छ।

nada picc 2019 2

आयोजकका अनुसार प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा बीमासम्बन्धी छुट्टाछुट्टै स्टलहरु रहनेछन्। यससम्बन्धी जानकारी दिने म्यागजिन, पत्रपत्रिकाका लागि पनि साझा मिडिया स्टल राखिएको आयोजकको भनाइ छ। प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहनेछ।

१४औँ संस्करणको शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी हुँदै छन्। विगतका प्रदर्शनीभन्दा यसपटक व्यवस्थापनलाई अझै व्यवस्थित बनाउने आयोजकको दाबी छ।

६ दिनसम्म चल्ने शोमा ७५ हजार मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ। प्रदर्शनीमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जीपीएक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यशाली विजेतालाई उपहारको व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .