ad ad

अटो


विद्युतीय गाडी उत्पादनमा साढे ७ अर्ब डलर लगानी गर्ने हुन्डाई ग्रुपको घोषणा

विद्युतीय गाडी उत्पादनमा साढे ७ अर्ब डलर लगानी गर्ने हुन्डाई ग्रुपको घोषणा

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ७:५८,

दक्षिण कोरियाको हुन्डाई मोटर्स ग्रुपले विद्युतीय गाडी उत्पादनका लागि ७ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

हुन्डाईले सन् २०२५ सम्म अमेरिकामा मात्रै उक्त रकम लगानी गर्ने बताएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका राष्ट्रिपति भेटवार्ता हुनुअघि हुन्डाई अमेरिकामा लागानी गर्ने घोषणा गरेको हो।

दुवै राष्ट्रपतिको वासिङटनमा आगामी हप्ता भेटवार्ता हुँदै छ।

बाइडेनले यसअघि नै अमेरिकामा विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न १ सय ७४ अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्।

बाइडेनले उक्त रकम विद्युतीय गाडी र चार्जिङ स्टेसन प्रवर्द्धन गर्न खर्च गर्ने बताएका छन्।

हुन्डाई मोटर्सले अमेरिकामा २०२२ देखि विद्युतीय गाडी उत्पादन सुरु गर्ने जनाएको छ।

हुन्डाईले अमेरिकी सरकारसंग हाइड्रोजन रिफ्युलिङ स्थापनाको लागि सहकार्य गर्ने समेत जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .