इन्डिया यामाहा मोटरले भारतमा कोरोना बढ्दै गएपछि २ हप्ताको लागि प्लान्ट बन्द गर्ने भएको छ।
कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै तामिल नाडु र उत्तर प्रदेशका प्लान्ट बन्द बन्द गर्ने जनाएको हो।
मोटरसाइकल र स्कुटरले राम्रो बजार होल्ड गरेको कम्पनीले उत्पादन बन्द गर्दा अटो मोबाइल क्षेत्रमा ठूलो प्रभाव पर्ने आकलन गरिएको छ।
यामाहा इन्डियाका अनुसार १५ मेपछि दुई हप्ताको लागि प्लान्ट बन्द हुँदै छन्।
कोभिडका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भारतमा याताहाका कामदारको स्वास्थ्य सुरक्षाको लागि उद्योग बन्द गर्नुपरेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया