अटोखबर

Tata MotorsTata Motors

हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री


नेपालखबर
काठमाडौं, बैशाख २४

नेपालको लागि हुण्डाई मोटसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख रुपैयाँबराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

कम्पनीले उक्त प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई यही वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा सामग्री हस्तान्तरण गरेको हो।

हाल विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ।

यसको मूल उद्देश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ।

लक्ष्मी हुण्डाईले यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको छ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा समेत १ करोड रुपैयाँ सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो।

Bidhlabmobile bidhlab

ग्रुपले सन् २०१५ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, विन्ध्यवासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन्।

लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुपको भगिनी संस्था हो।

बैशाख २४, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors