ad ad

अटो


निषेधाज्ञामा पनि आकस्मिक सेवा दिइरहेका छन् यी अटो कम्पनी

निषेधाज्ञामा पनि आकस्मिक सेवा दिइरहेका छन् यी अटो कम्पनी

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ११:३४,

निषेधाज्ञाको समयमा अटोमोबाइल्स कम्पनीले आकस्मिक सेवा दिइरहेको बताएका छन्।

अटो कम्पनीले निषेधाज्ञाको कारण पूर्ण सेवा दिन नसके पनि अत्यावश्यक सेवा दिएकाे बताएका हुन्।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक बन्द रहेका छन्।

काठमाडौं उपत्यकामा एम्बुलेन्स, खानेपानी, फोहोर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी, सरकारी कर्मचारीले सञ्चारकर्मीहरुले दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन प्रयोग गरिरहेको छ।

उपत्यकामा बिहान १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म अधिकांश ठाउँमा वर्कशप खुल्ला भए पनि दिउँसो बन्द हुने गरेका छन्।

अटो मोबाइल्स कम्पनीले अत्यावश्यक कामको लागि आवश्यक परे हटलाइनको समेत व्यवस्था गरेका छन्।

नेपालमा टाटा मोटर्सका लागि आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले आपत्कालीन समयमा कुनै सेवा चाहिए २४ घण्टा नै उपलब्ध हुने जनाएको छ।

कम्पनीले आपत्कालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्रीसम्बन्धी सेवा चाहिएमा सेवा उपलब्ध हुने उल्लेख गरेको छ।

सेवा लिन सिप्रदीको टोल फ्री नम्बरहरु १६६००१५५७७७ (नेपाल टेलिकम) र ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

हुण्डाई
हुण्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवा सुरु गरेको छ।

अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाईका सवारी चालकहरुलाई आपत्कालीन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको जनाएको छ।

हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै आकस्मिक हटलाइन सेवा गराएको बताएको छ।
कम्पनीले हाल काठमाडौं उपत्यकाका लागि दुईवटा नम्बर सार्वजनिक गरेको छ। हुन्डाईको हटलाइन सेवाको लागि सम्पर्क नम्बर मृनल ९८०१२०१५२० तथा राजेन्द्र ९८०१२३९२६०० तोकिएको छ ।

सुजुकी
सीजी मोटोकर्पले महामारीको समयमा सकेसम्म घरमा बस्न आग्रह गर्दै सुजुकीका कारसम्बन्धी कुनै सेवा चाहिए हटलाइन सेवा सुचारु गरेको जनाएको छ।

कम्पनीले सिधै ९८०१५७१५७१ मा फोन गर्न सकिने वा फेसबुक÷म्यासेन्जरमा सेवाको लागि अनुरोध गर्न सकिने बताएको छ।

कम्पनीले सकेसम्म लकडाउनको समयमै समस्या समाधान गर्ने जनाएको छ।

फक्सवागन
फक्सवागन नेपालले निषेधाज्ञा सुरु भएसँगै इमर्जेन्सी सर्भिस उपलब्ध गराएको जनाएको छ।

कम्पनीले लकडाउनको बीचमा अत्यावश्यक सहयोग चाहिने कम्पनीलाई फोन गर्नसक्ने जनाएको छ।

कम्पनीले ९८०१३४४२७३/९९ मा सम्पर्क गरी सेवा लिन सकिने जानकारी गराएको छ।

अशोक लेल्यान्ड
आईएमई मोटर्सले आपत्कालीन सेवा सुरु गरेको छ। अशोक लेल्यान्ड नेपालको आधिकारिक बिक्रेता आईएमई मोटर्सले आपत्कालीन सेवाको लागि सिधै फोन गर्न सकिने सुविधा दिएको छ।

कम्पनीले अत्यावश्यक सेवाको लागि ९८०११०८९०३ र ०१–५९७०००७ नम्बरमा फोन गरी सर्भिससँग सम्बन्धित सेवा उपयोग गर्न सकिने जनाएको छ।

महामारीमा अग्रपंक्तिमा खटिनेलाई टाटाको विशेष योजना
सिप्रदी ट्रेडिङ प्रालिले नोबल कोरोना भाइरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ।

टाटाले यस प्रतिकूल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत योजनामा सहभागी हुनसक्ने जनाएको छ।

टाटाले विशेष नगद छुट डेढ लाख रुपैयाँका साथ साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनस स्वरुप ३० हजार रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

गाडीहरुको होम डेलिभरीको सुविधा पनि रहेको छ। मे ३१ सम्म यस योजनामा सहभागी हुन सकिनेछ कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .