ad ad

अटो


बजाजको शून्य अफरः रोशन साफीले जिते नगद १० लाख

बजाजको शून्य अफरः रोशन साफीले जिते नगद १० लाख

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १५:५८,

बजाज बाइकले नयाँ वर्षमा ल्याएको बजाज शून्य अफर योजनामा जनकपुर माछित्जीत्कैया–६ का रोशन साफीले नगद १० लाख रुपैयाँ जितेका छन् ।

साफीले ओम अटोमोबाइल जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा छवटा शून्य प्राप्त गरी १० लाख जित्न सफल भएका हुन् ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शो रुम वा विक्रेताबाट खरिद गर्नुपर्नेछ ।

यो योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत चार वटादेखि छ वटासम्म शून्य प्राप्त गरी १० लाखसम्म जित्न सक्नेछन् ।

योजनामा सहभागी हुनेले कम्तीमा १० हजार जित्नेछन् । हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालि नेपालको लागि बजाज बाइकको आधिकारिक वितरक हो ।

कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले लाखौँ जितिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .