ad ad

अटो


गल्फ लुब्रिकेन्टको रिटेलर मिट सम्पन्न

गल्फ लुब्रिकेन्टको रिटेलर मिट सम्पन्न

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ७:२७,

गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले  काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिकाे समन्वयमा   रिटेलर्स मिट सम्पन्न गरेको छ। बुधबार साँझ कम्पनीले उत्कृष्ट रिटेलरलाई आफ्नो स्किमअन्तर्गतको उपहार समेत वितरण गरेको हो।

बुधबार साँझ भएको कार्यक्रममा आगामी आर्थिक वर्षका लागि सिन्धुली अटो पार्ट्सले धेरै बिक्री गर्ने प्रतिबद्धता जनाउँदै सुजुकी अल्टो ८०० कार प्राप्त गर्ने सम्झौता समेत गरेको छ।

lubeee1234

कार्यक्रमका प्रमुख अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले उपहार वितरण गरेका थिए। कम्पनीको स्किमअन्तर्गत धनश्री अटो केयरले बुलेट क्लासिक ३५० बाइक प्राप्त गरेको हो।

राम मोटरसाइकल वर्कसप, दिलिप मोटरसाइकल वर्कसप र विकास मोटरसाइकल वर्कसपले ३२ इन्चको एलईडी टीभी पाएका छन् भने आरके मोटरसाइकल वर्कसप, राजु अटो पाट्र्स र गिरी अटो पाट्र्सले वासिङ मेसिन वितरण गरेको हो। न्यु श्रेष्ठ अटो पार्ट्सले भने आईफाइभ ल्यापटप प्राप्त गरेको छ।

lubeee12345

 कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले कम्पनीलाई स्किममा मात्रै धयान नदिई उकृष्ट सेवा तथा उत्पादन गर्न समेत आग्रह गरेका थिए।

उनले नेपालमा सुरक्षित यातायात सेवाको लागि गुणस्तरीय पार्टस, लुब्रिकेन्ट तथा सीप पनि आवश्यक भएकाले सरकारदेखि व्यवसायी समेतले त्यसमा ध्यान दिनुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .