ad ad

अटो


४० विद्युतीय बस किन्न साझाले आह्वान गर्‍यो बोलपत्र

४० विद्युतीय बस किन्न साझाले आह्वान गर्‍यो बोलपत्र

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ६:१०,

साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस किन्नको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाकाे लागि बोलपत्र आह्वान गरेको छ।

कम्पनीले काठमाडौं उपत्यकामा चल्ने गरी पहिलो चरणमा ४० विद्युतीय बस किन्न लागेको साझा यातायातका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।

यसको लागि पत्रिकामा सूचना निकालिएको छ।

सूचनाअनुसार बस खरिदमा सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपर्नेछ।

इच्छुक कम्पनीहरुले साझा यातायातको कार्यालयमा २० हजार रुपैयाँ फिर्ता नपाउने गरी बुझाउनुपर्नेछ। आगामी वैशाख २६ गतेसम्म इच्छुक कम्पनीले बस खरिदको प्रस्ताव हाल्न पाउनेछन्।

sajha bolpatra1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .