भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले विदेशबाट आउने सवारीसाधन अनिवार्य दर्ता हुनुपर्ने भन्दै सूचना जारी गरेको हो।
विभागले ट्राफिक प्रहरी निर्देशनालय नक्साललाई पत्र लेख्दै त्यस्ता सवारीसाधनमाथि कारबाही गर्न भनेको छ। विभागले पत्रमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १४ को उपदफा १ अनुसार विदेशबाट ल्याइएका सवारीसाधन १५ दिनभित्रै नेपालमा दर्ता हुनुपर्ने तथा सोही ऐनको उपदफा २ अनुसार दर्ता नगरी चलाउन नपाउने भए पनि राजधानीका सडकमा दर्ताविनै त्यस्ता सवारीसाधन चलिरहेकोले कारबाही गर्न प्रहरीसँग अनुरोध गरेको हो।
प्रतिक्रिया