ad ad

अटो


चाडपर्वलक्षित स्किमले अटोबजारमा रौनक थपिँदै, यस्ता छन् सवारीका अफर

चाडपर्वलक्षित स्किमले अटोबजारमा रौनक थपिँदै, यस्ता छन् सवारीका अफर

नेपालखबर
असोज ८, २०७७ बिहिबार ८:५०,

चाडपर्व आउँदै गर्दा अटोबजारमा रौनक थपिएको छ। नेपालीहरुको महान् चाड दर्शै तिहार लक्षित गर्दै ल्याएका स्किमले लकडाउनका कारण ठप्प रहेको अटो बजार चलायमान बनाउने व्यवसायीको विश्वास छ।

पहिलो लकडाउनपछि पनि व्यवसायीले अटो बजार चलायमान बनाउन स्किम ल्याएका थिए। जसले दुईपांग्रे अटो बजारलाई ८० प्रतिशतसम्म पुनर्स्थापना गर्न सहयोग गरेको थियो। चारपांग्रेले आकर्षक अफर ल्याए पनि ग्राहक तान्न सकिरहेको थिएन।

कोभिड १९ सँगै बाँच्नुपर्छ भन्ने भावनाको विकास भएसँगै दशैँ अफरले चारपांग्रेको व्यापार पनि बढाउने व्यवसायीले बताएका छन्। त्यसैले अटो व्यवसायीले आकर्षक स्किमको लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसले ग्राहकले सवारी खरिद गर्दा धेरै सेवा पाउनेछन्।

कम्पनीहरुले आकर्षक अफर मात्रै नभई नयाँ गाडी समेत बजारमा ल्याएका छन्। अफर र नयाँ गाडीले अटो बजारलाई पुरानै लयमा फर्काउन सहयोग पुग्ने व्यवसायीले बताएका छन्।

प्यासेन्जर भेहिकलमा के छन् अफर ?

creta web 11

हुन्डाई
हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ३ नयाँ गाडीसँगै स्किम सार्वजनिक गरेको छ। हुन्डाईले औउरा, ग्राण्ड आई१० निओस र बीएस ६ के्रटा सार्वजनिक गरेको छ।

कम्पनीले दशैँतिहार वेलकम टु हुन्डाई परिवार नामक योजना ल्याएको छ। यो योजनाको अवधि यही असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेछ।

योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्। बम्पर उपहारअन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा एउटा र हुन्डाई ग्रान्ड आई१० नियोस एउटा जित्न सक्नेछन्।

त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ र १ वर्ष निःशुल्क सवारी कर भुक्तानी सुविधा पाइन्छ।

ford festive ford

फोर्ड
नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले दशैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ।

फोर्ड फेस्टिभ अफरअन्तर्गत ग्राहकहरुले तीनवटा अफरमध्ये एउटा छनौट गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरुले स्क्रयाच कार्ड योजनामा भाग लिएमा बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनौट गरी चार लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउनेछन्। प्रत्येक स्क्रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रुपैयाँ रहेको र बढीमा यो एक लाख ५० हजार रुपैयाँसम्म हुने कम्पनीको भनाइ छ। यो अफरअन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन्।

दोस्रो ग्राहकहरुले छ महिने ईएमआई होलिडे योजना छनौट गरेमा ग्राहकलाई पहिलो छ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुपर्दैन। यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुने र जीओ फोर्डले ग्राहकको पहिलो छ महिनाको ब्याजबापतको रकम तिरिदिने कम्पनीको भनाइ छ।

तेस्रो ग्राहकले स्थगित भुक्तानी योजना छनौट गरेमा यस योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ। बाँकी २० प्रतिशतको लागि ग्राहकलाई चार महिनाको थप अवधि प्रदान गरिनेछ। यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ।

स्याङयोङ
नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ योजना ल्याएको छ। जहाँ ग्राहकहरूले ३ लाख छुट प्राप्त गर्न सक्नेछन्।

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेबापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्।

साथै आईएमएस मोटर्सले एक वर्ष निःशुल्क बीमा, २५ हजार बराबरको निःशुल्क एक्सेसरिज, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, निःशुल्क सर्भिसिङ्ग ४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म हुने कम्पनीले बताएको छ।

डीएफएसके
डीएफएसकेको आधिकारिक बिक्रेता कुजु नेपालले दशैँ–तिहारको उपलक्ष्यमा प्रिमियम एसयुभी खरिदमा चार लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याइएको छ। तत्काल डाउन पेमेन्ट नहुने ग्राहकको समस्या विचार गरेर १० लाख रुपैयाँ बुझाएर पनि गाडी लानसक्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ५० प्रतिशत डाउनपेमेन्ट तिरेर डीएफएसकेका एसयुभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्थासमेत गरेको छ।

साथै गाडी किन्ने ग्राहकले लक्की ड्रमार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्नेछन्।

पुराना गाडी लिएर एक्सचेन्जका लागि आउने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँसम्मको बोनस दिने तथा २०७७÷७८ को सडक दस्तुर पनि तिरिदिने व्यवस्था गरिएको छ।

दुई पांग्रे सवारीमा के छन् अफर ?
पहिलो लकडाउन खुकुलो भएसँगै राम्रो व्यापार गरेका दुईपांग्रे सवारीले दशैंमा पनि राम्रो व्यापार गर्ने आशा गरेका छन्। कम्पनीहरुले नयाँ प्रोडक्टसहित अफर पनि सार्वजनिक गरिरहेका छन्।

bajaj offer6666

बजाज
बजाजले नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्मको अफर सार्वजनिक गरेको छ। बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ।

बजाजले दशैं तिहार लक्षित योजनामा हरेक मोटरसाइकलको खरिदमा नगद १० हजार रुपैयाँ छुट घोषणा गरेको छ। त्यसैगरी ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाँकी रकम मासिक किस्तामा बुझाउन पाउनेछन्।

बजाजले डाउनपेमेन्ट गर्न धेरै नगद नहुने ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल खरिद गर्न सक्ने व्यवस्था समेत गरेको छ।

सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ । साथै एक्सचेन्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ।

हिरो
हिरोका लागि नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ‘दशैको वर्ष हिरोत्सवको हर्ष’ नारासहित स्किम सार्वजनिक गरेको छ।

कम्पनीले हिरोको मोटरसाइकल तथा स्किुटर खरिद गर्दा विभिन्न अफर पाउनेछन्। स्किमअनुसार १ लाख रुपैयाँसम्मको बम्पर उपहार, ५ हजार पक्का डिस्काउन्ट र हरेक स्क्रयाच कुपनमा १ लाखसम्म क्यास रहेको छ।

साथै सजिलो योजनाअन्तर्गत हिरोका सबै स्कुटर तथा मोटरसाइकल खरिदमा शून्य प्रतिशत डाउनपेमेन्टमा उपलब्ध रहेको कम्पनीले जनकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .