ad ad

अटो


टीभीएसको 'अपाचे रेस ट्रयाक एक्सपेरियन्स' योजना

टीभीएसको 'अपाचे रेस ट्रयाक एक्सपेरियन्स' योजना

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ६:२२,

नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ।

योजनाअनुसार नेपालभर रहेका टीभीएस मोटरसाइकलको कुनै पनि शोरुममा गई अपाचे आरआर३१० तथा अपाचे २०० फोरभी भी२ को टेस्ट राइड मात्र गरी उक्त योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ। २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्र्याकमा अपाचे आरआर ३१० र २०० फोरभी भी२ को प्रत्यक्ष रेसिङ अनुभव संगाल्न पाउनेछन्।

साथै अपाचे आरआर ३१० तथा २०० फोरभी भी२ खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १० हजार तथा सात हजार रुपैयाँबराबर नगद भौचर उपहार पाउने कम्पनीले जनाएको छ। अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी १९ हजार ९३ र अपाचे २०० फोरभी भी२ को लागि ११ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ।

नयाँ बिक्री योजनाका बारेमा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले जानकारी दिँदै हरेक टीभीएसले नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेको बताए।

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ किमि रहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ्ग इभेन्टहरु आयोजना भइसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरुमाझ अत्यन्तै लोकप्रिय छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .