ad ad

अटो


विद्युतीय बस खरिदका लागि साझालाई सरकार दियो तीन अर्ब

विद्युतीय बस खरिदका लागि साझालाई सरकार दियो तीन अर्ब

नेपालखबर
साउन २, २०७६ बिहिबार १२:३९,

सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तीन सय वटा विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको जानकारी दिए।

आगामी असोज महिना भित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई सो रकम उपलब्ध गराइएको पनि मन्त्री महासेठले बताए।

सरकारले चालू आर्थिक वर्ष भित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस संचालन गर्ने प्रतिवद्धता जनाएको थियो। कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनले विद्युतीय बसको सञ्चालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरे।

सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याउन लागेको हो। मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको सञ्चालनमा पनि रोक लगाउने तयारी गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .