ad ad

अटो


प्रहरीलाई गण्डकी प्रदेशले दियो ३५ थान मोटरसाइकल

प्रहरीलाई गण्डकी प्रदेशले दियो ३५ थान मोटरसाइकल

नेपालखबर
साउन २, २०७६ बिहिबार १०:८,

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरुका लागि ३५ थान मोटरसाइकलहरु हस्तान्तरण गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेलाई उक्त मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन्।

police gandaki 2

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सवारी साधनको अभावका बाबजुद पनि उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल प्रहरीलाई अब समयानुकूल परिष्कृत गर्दै लैजानुको विकल्प नरहेको बताए। प्रहरी इकाइहरुको स्तरवृद्धि एवं स्रोत साधनमा आत्मनिर्भर बनाउन गण्डकी प्रदेश सरकार तत्पर रहेको बताउँदै मुख्यमन्त्री गुरुङले मोटरसाइकल हस्तान्तरणपश्चात प्रहरी सेवा प्रवाहमा थप सहजता आउने उल्लेख गरे।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको बताए। सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले उपलब्ध स्रोत साधनहरुको भरपुर सदुपयोग गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन गण्डकी प्रदेश प्रहरी सदैव कटिवद्ध रहने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .