ad ad

अटो


२६ सयदेखि साढे ४५ सयसम्म पर्ने मेभोक्सका हेलमेट बजारमा

२६ सयदेखि साढे ४५ सयसम्म पर्ने मेभोक्सका हेलमेट बजारमा

नेपालखबर
साउन २, २०७६ बिहिबार १०:३,

भारतीय कम्पनी सन्धार एमकिनको उत्पादन मेभोक्स हेलमेट नेपाली बजारमा बिक्रीवितरण भइरहेको छ। २०१९ को अप्रिलदेखि नै भारतीय बजारमा आएको यो हेलमेट नेपाली बजारमा पनि बिक्रीवितरण भइरहेको कम्पनीले जनाएको छ। नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा सत्यदीप इन्टरनेशनल रहेको छ।

कम्पनीका अनुसार नेपाल हेलमेट निर्यातको हिसाबले पहिलो बजार भएको र भारतपछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको हो। नेपाली बजारमा हेलमेट सम्भाव्यता धेरै भएकाले जुकी, होन्डा, हिरो, टीभीएस, बजाज लगायतका कम्पनीहरुसँग वार्ता भइरहेको म्यानेजिङ डाइरेक्टर मेहताले जानकारी दिए। रिटेलरदेखि राइडर र ट्राफिक प्रहरीसँग समेत मिलेर अनलाइन र अफलाइन गतिविधि गरिरहेको उनले बताए । कम्पनीले भारतीय बजारमा वर्षभित्र ३० प्रतिशत र दुई वर्षभित्र ६० प्रतिशत रहेको बताइएको छ।

mavox helmet 2

सन्धार एमकिन इन्डष्ट्रिज भारतका दुई प्रतिष्ठित कम्पनी सन्धार टेक्नोलोजिज प्रालि र एम्किन ग्रुपको ज्वाइन्ट भेन्चरमा सञ्चालित कम्पनी हो। दुवै कम्पनीले विभिन्न अटोमोबाइल पार्ट्स उत्पादन गरिरहेका छन्। अहिलेसम्म ३० अर्ब भारुभन्दा बढीको कारोबार गरिरहेको कम्पनीले भारतबाहेक पोल्यान्ड, मेक्सिको, स्पेन लागायतका देशहरुमा पनि कारोबार गरिरहेको छ। हाल कम्पनीमा ८ हजार ९ सयभन्दा बढी कर्मचारी कार्यरत छन् र ४० विभिन्न स्थानमा म्यानुफ्याक्चरिङ प्लान्ट रहेका छ। सन्धार टेक्नोलोजिजका ४ विभिन्न देशमा ३६ म्यानुफ्याक्चरिङ प्लान्ट छन्। अटो फिट प्रालिको संस्थापक एमकिन ग्रुप सन् १९८५ मा स्थापना भएको थियो।

हरियानामा म्यानुफ्याक्चरिङ प्लान्ट रहेको पाइलट फ्याक्ट्री रहेको छ । ६ हजार र यसका आधारमा वार्षिक रुपमा २० लाख हेलमेट उत्पादन भइरहेका छन्। यसलाई अझै विस्तार गर्ने योजना छ र यसले आगामी दुई तीन वर्षभित्र हेलमेट बजारमा नेतृत्वदायी भूमिका खेल्ने दाबी गरेको छ। आफ्नै टेष्ट ल्याब रहेको यस कम्पनीले भारतको आईएसआई अर्थात इन्डियन स्ट्यान्डर्ड, ईसीई अर्थात युरोपियन स्ट्यान्डर्ड र डीओटी अर्थात अमेरिकी स्ट्यान्डर्ड सबै परीक्षण गर्न सक्छ। आगामी दिनमा अन्य स्ट्यान्डर्ड समेत परीक्षण गर्न सकिने गरी विस्तार गर्ने योजना रहेको सन्धार एमकिन इन्डष्ट्रिज प्रालिका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले बताए।

कम्पनीका हेलमेटहरु ओपन फेस बि भाइजर र फुल फेसमा निर्माण भएका छन्। कम्पनीका अनुसार ओएक्स ११को डबल भाइजर, डिट्याचेबलवाला हेलमेटको मूल्य ३ हजार ८ सय ४१ रुपैयाँ, ओएक्स ११.डी३ को डीभी ग्राफिक्सवाला हेलमेटको ४ हजार १ सय ७७, ओएक्स१० एसभीको २ हजार ६ सय ५२, ओएक्स१०.डी१ हाफ ग्राफिक्स हेलमेटको ३ हजार २ सय ६३ रुपैयाँ, ओएक्स१०.डी२ एसभी प्रिमियमको ३ हजार ४ सय १२ रुपैयाँ पर्छ। त्यस्तै, फुलफेसमा एफएक्स३० म्याक्सको ४ हजार ७ सय ४५, एफएक्स ३० म्याक्स ग्राफिक्स हेलमेटको ५ हजार १ सय २८, एफएक्स२१ को सिंगल भाइजर हेलमेटको ३ हजार ३ सय १०, एफएक्स२१ ग्राफिक्सको ३ हजार ९ सय ८०, एफएक्स२२को डबल भाइजर हेलमेटको ३ हजार ९ सय ४२ र एफएक्स २२ ग्राफिक्सको मूल्य ४ हजार ५ सय ५५ रुपैयाँ पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .