ad ad

अटो


दादा ड्राइभिङ स्कुलले सवारीसाधन सिक्नेलाई २० प्रतिशत छुट दिने

दादा ड्राइभिङ स्कुलले सवारीसाधन सिक्नेलाई २० प्रतिशत छुट दिने

नेपालखबर
असार २४, २०७७ बुधबार १२:१५,

दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलले सवारीसाधन सिक्नेलाई २० प्रतिशत छुट दिने भएको छ । ३५ ड्राइभिङ सेन्टर आबद्ध स्कुलले दुईपांग्रे तथा चारपांग्रे सवारी सवारीमा छुटदिने बताएको हो।

दादा ड्राइभिङ स्कुलका संस्थापक सन्तोष न्यौपानेले गाडी सिक्न चाहने ग्राहकले यस स्कुलमार्फत आफूलाई पायक पर्ने स्थानको छनोटगरि मोटरसाइकल, स्कुटर,बस, ट्रकदेखि हेभी इक्विपमेन्टसम्म चलाउन सिक्न पाउने बताए।

ड्राइभिङ स्कुलले गाडी चलाउन सिकाउनुको साथै विभिन्न सुरक्षा अवलम्बन गर्नुपर्ने विषयमा विद्यार्थीलाई विशेष कक्षा लिने व्यवस्था गरेको बताएको छ।

कोभिड १९ को महामारीले मानिसको आम्दानीमा कम भएको अवस्थामा सवारी सिक्न चाहनेलाई केही समयको लागि छुट दिएको बताएको छ।

यस ड्राइभिङ स्कुलमा मोटरसाइकल सिक्न ३ हजारदेखि ७ हजारसम्म र कार सिक्न एक महिने कोर्षको लागि १५ हजारदेखि २५ हजारसम्म शुल्क लाग्ने बताइएको छ।

स्कुलले ब्लु बुक, लाइसेन्स, इन्सुरेन्सलगायतका रिन्युको काम समेत गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .