ad ad

अटो


हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर भेटघाट कार्यक्रम

हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर भेटघाट कार्यक्रम

नेपालखबर
असार ३०, २०७६ सोमबार ७:५२,

सिप्रदी ट्रेडिङ्ग प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा यही २७ गते म्याक ल्युब्रिकेन्टस्को डिलर मिट कार्यक्रम गरेका छन्। कम्पनीको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्यभरि रहेका आफ्नो अधिकारिक डिलरहरुलाई आमन्त्रित गरेको थियो।

सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजन बाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाबारे सहभागीहरुलाई प्रष्ट पारेका थिए। उक्त कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको कुरामा जोड दिए। साथै सिप्रदीका उपजनरल म्यानेजर रोशन कुमार श्रेष्ठले कम्पनीको हाल अपनाइरहेको रणनीति तथा आगामी कार्ययोजनाबारे स्पष्ट पारेका थिए।

कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आबद्ध डिलरहरुमध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सहभागीहरुलाई बधाई दिँदै आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिएका थिए।

सिप्रदी, भारत पेट्रोलियमको ल्युब्रिकेन्टस्को लागि विगत १७ वर्ष देखि नेपालको एक मात्र आधिकारिक वितरक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .