ad ad

अटो


स्वचालित र विद्युतीय अटो प्रविधि निर्माण गर्न टोयोटा र डेन्सोबीच सम्झौता

स्वचालित र विद्युतीय अटो प्रविधि निर्माण गर्न टोयोटा र डेन्सोबीच सम्झौता

नेपालखबर
असार २७, २०७६ शुक्रबार १२:२७,

 जापानी कार निर्माता टोयोटा मोटो कर्प र कारजन्य सवारीसाधनको पुर्जा निर्माण गर्ने कम्पनी डेन्सो कर्पबीच बुधबार स्वचालित अटो प्रविधिका लागि मिलेर काम गर्ने सम्झौता भएको छ । रोयटर्सका अनुसार दुई अटो कम्पनीबीच नयाँ पुस्ताको स्वचालित अर्धचालक (सेमिकन्डक्टर) विकास गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) निर्माण गर्ने सहमति भएको हो । टोयोटाले स्वचालित सवारीसाधनका लागि काम गर्ने योजनाअनुसार यस्तो सहमति भएको हो ।

डेन्सो टोयोटा ग्रुपको निर्यातकर्ता कम्पनी पनि हो । यसले नयाँ कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व लिनेछ । त्यस्तै बाँकी सेयर टोयोटाकै स्वामित्वमा रहने दुवै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दुवै कम्पनीको संयुक्त कम्पनी सन् २०२० को अप्रिलमा स्थापना हुनेछ । यसको पुँजी ४ लाख ५८ हजार ९ सय ६८ डलर हुने र ५ सय जनाले रोजगारी पाउने कम्पनीहरुले जनाएका छन् । उक्त उपक्रमले विद्युतीय सवारीसाधनका लागि आवश्यक पावर मोड्युल र स्वचालित कारको लागि अत्यावश्यक वरिपरिको अनुगमन गर्ने सेन्सर प्रविधि निर्माणलाई लक्ष्य गरी नयाँ कम्पनी खोल्न लागेका हुन् ।

कारहरु एकअर्कासँग अन्तर्सम्बन्धित हुन कम्प्युटिङ पावर महत्वपूर्ण हुन्छ । त्यस्तै स्वचालित ड्राइभिङका लागि वरपरको जानकारी लिने सेन्सिङ कप्यासिटी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । डाटाहरुको विश्लेषण तत्काल गरी निर्णय लिने क्षमता, तत्कालै ब्रेक लाग्ने प्रणाली यस्ता कारहरुमा अत्यावश्यक हुन्छ । यसअघि दुई कम्पनीले गत वर्षको जुनमै इलेक्ट्रोनिक्स कम्पोनेन्ट उत्पादन र विकास गर्न सहमति गरेका थिए । दुवै कम्पनीहरुले यसअघि नै अर्को टोयोटा ग्रुप ऐसिन सेइकी कम्पनीसँग पनि सहमति गरिसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .