ad ad

अटो


उपत्यकामा सवारीसाधन दुर्घटना: माेटरसाइकल र स्कुटी धेरै

उपत्यकामा सवारीसाधन दुर्घटना: माेटरसाइकल र स्कुटी धेरै

रमेश पोख्रेल
असार २६, २०७६ बिहिबार १२:४७,

चालू आर्थिक वर्षको ११ महिनामा काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा २ सय २८ जनाले ज्यान गुमाएका छन्। ट्राफिक प्रहरीका अनुसार ०७५ साउनयता ५१ महिला र १ सय ७७ जना पुरुष गरी कुल २ सय २८ जनाको सवारी दुर्घटनामा ज्यान गुमाएका हुन्। सो अवधिमा दुर्घटनामा परी ५ हजार ३ सय ६१ भन्दा धेरै घाइते भएका छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ को उक्त अवधिमा काठमाडौँ उपत्यकामा १३ हजार ८ सय २४ वटा सवारीसाधन दुर्घटना भएका थिए। सवारीसाधन आयातको तुलनामा सडक विस्तार एवं विकास नहुँदा काठमाडौँ उपत्यकामा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको ट्राफिक प्रहरी बताउँछ।

पछिल्लो समय ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सडकमै सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनीकरण कार्यक्रम पनि सञ्चालन गरिरहेको। यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका स्कुल कलेजहरुमा पनि दुर्घटना न्यूनीकरण अभियान सञ्चालनमा गर्दै आएको छ।

आर्थिक वर्ष २०७५/०७६ को ११ महिनामा उपत्यकामा ७ हजार ७ सय ५२ दुर्घटना भएका थिए। तीमध्ये सबैभन्दा बढी १ हजार ७ सय ६९ वटा बस दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। ट्रक तथा टिप्पर १ हजार ६ सय २८ वटा, माइक्रो ३ सय ४४ वटा, जिप र कार ४ हजार ८ सय २१ वटा, टेम्पु ट्याक्टर १ सय १९ वटा र अन्यमा १ सय १६ दुर्घटना भएका छन्।

कुन महिनामा कति घाइते?
काठमाडौं उपत्यका ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७५र ०७६ को सवारी दुर्घटना परी साउन महिनामा ७ महिला १६ पुरुष, भाद्र ४ महिला १० पुरुष, आश्विन ७ महिला २१ पुरुष २८, कार्तिक महिनामा ३ महिला १३ पुरुष, मंसिर ४ महिला १९ पुरुष, पौसमा ५ महिला २३ पुरुष, माघ ४ महिला १६ पुरुष, फागुन महिनामा २ महिला १५ पुरुष, चैतमा २ महिला २१ पुरुष, बैशाख ७ महिला १२ पुरुष र जेष्ठ महिनामा ६ महिला ११ पुरुष रहेका छन् ।

सवारी दुर्घटना परी साउनमा गम्भीर घाइते महिला ६ तथा साधारण १ सय ४४ र पुरुष १३ गम्भीर ३ सय ४५ जना साधारण घाइते भएका छन्। यस्तै, भदौमा गम्भीर घाइते महिला ४ तथा साधारण १ सय ५५ जना घाइते भएका छन् भने सोही महिनामा पुरुष १९ गम्भीर घाइते तथा ३ सय ९० जना साधारण घाइते भएका छन्। प्रहरीले दिएको तथ्यांकअनुसार चालू आवको असोज महिनामा गम्भीर घाइते महिला ४ जना तथा साधारण १ सय ३८ र पुरुष १९ जना गम्भीर तथा ३ सय ९० जना साधारण घाइते भएका छन्।

त्यस्तै कात्तिकमा गम्भीर घाइते महिला २ जना तथा साधारण घाइते महिला १ सय १८, पुरुष गम्भीर घाइते १८ र साधारण घाइते ३ सय ११, मंसिरमा महिला गम्भीर घाइते ५ तथा साधारण घाइते १ सय १७, पुरुष गम्भीर घाइते २१ तथा साधारण २ सय ९६ जना घाइते भएका छन्। त्यस्तै पुसमा महिला गम्भीर घाइते पाँच जना साधारण घाइते १ सय २२, पुरुष गम्भीर घाइते १९ तथा साधारण घाइते २ सय ९३, माघ महिनामा महिला गम्भीर घाइते ९ जना तथा साधारण घाइते १ सय ४४, पुरुष गम्भीर घाइते २० जना तथा साधारण घाइते २ सय ९८, फागुनमा महिला गम्भीर घाइते १० जना तथा साधारण घाइते १ सय ३३, पुरुष गम्भीर घाइते १८ तथा साधारण घाइते ३ सय ७०, चैतमा महिला गम्भीर घाइते ८ जना तथा साधारण घाइते १ सय ४०, पुरुष गम्भीर घाइते २९, साधारण घाइते ३ सय ७०, वैशाखमा महिला गम्भीर घाइते २ जना तथा साधारण घाइते १ सय ५०, पुरुष गम्भीर घाइते १६ तथा साधारण घाइते ३ सय ६७ र जेठ महिनामा महिला गम्भीर घाइते १० जना साधारण घाइते १ सय ५६, पुरुष गम्भीर घाइते २८ तथा साधारण घाइते ३ सय ९१ रहेको उपत्यका ट्राफिक महाशाखाले बताएको छ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

accident 2
यसैबीच, उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको तथ्यांकले देखाएको छ। ११ महिनामा ५ हजार २७ वटा दुर्घटना मोटरसाइकल तथा स्कुटीको भएको छ। त्यस्तै, कार तथा जिप दुर्घटना ४ हजार ८ सय २१ वटा, ट्रक तथा टिप्पर १ हजार ६ सय २८ वटा, बस दुर्घटना १ हजार ७ सय ६९ वटा, माइक्रो ३ सय ४४ वटा, टेम्पो १ सय १९ र अन्य सवारीसाधन १ सय १६ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सडक दुर्घटनाको मुख्य कारण
दिनप्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्तिका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतीपूर्ण बन्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दैनिक रुपमा सवारीसाधनहरु थपिँदै जानु र सडक संरचनामा विस्तार तथा सुधार नहुनु दुर्घटनाको मुख्य कारण भएको प्रहरीको भनाइ छ। थोरै जनशक्ति र पर्याप्त साधन स्रोतको अभावमा सवारीसाधनहरुमाथि नियमन गर्न समस्या हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .