ad ad

अटो


सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा खुल्यो

सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा खुल्यो

नेपालखबर
असार २४, २०७६ मंगलबार ७:५७,

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्वार्कोमा ५१औँ सर्भिस सेन्टर उद्घाटन गरेको छ। जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो। सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सीओओ) राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका सञ्चालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेको कम्पनीले जनाएको छ।

उक्त अवसरमा बोल्दै दाहालले भने, ‘सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ। हाम्रो सर्भिस टिमले चौबीसै घण्टा सेवा प्रदान गर्छ, र हामीलाई विश्वास छ कि यसले टाटा मोटर्सका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिन्छ।’

sipradi 2

त्यसैगरी सिप्रदीका सीओओ राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भने, ‘कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो। सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौँ कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नुहुन्छ। हाम्रा सेवाहरू र ५१औँ सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घता देखाउँछ।’

जयदेव ट्रेडिङ प्रालिले पिकअप गाडीहरू, साना कमर्सियल भेहिकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ। सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ। ३७ वर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३ सय ५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ। अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गरिरहेको छ। करिब ७ सय ५० भन्दा कर्मचारीहरू तथा ६ सय ५० सपोर्ट स्टाफहरू कम्पनीमा कार्यरत छन्।

सिप्रदी टेड्रिङ्ग प्रालि सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी हो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो। टाटा मोटर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरणमा सिप्रदी आबद्ध छ । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .