ad ad

अटो


नारायणगढ–बुटवल सडकखण्डमा बढेको दस्तुर कार्यान्वयनमा

नारायणगढ–बुटवल सडकखण्डमा बढेको दस्तुर कार्यान्वयनमा

नेपालखबर
असार २४, २०७६ मंगलबार ६:३२,

सरकारले वृद्धि गरेको सडक प्रयोग दस्तुर नारायणगढ–बुटवल सडक खण्डमा मंगलबारदेखि लागू भएको छ। सडक बोर्डले सूचना प्रकाशित गर्दै नारायणगढ–बुटवल सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टले १ सय ३० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। यसअघि ६५ रुपैयाँ तिर्नुपपर्थ्याे।

त्यस्तै हलुका सवारी कार, जीप, पिकअप, भ्यान र ट्याक्टरले ६० रुपैयाँ बुझाउनुपर्नेछ। सूचनाअनुसार तीनपांग्रे ट्याम्पो र मोटरसाइकलको हकमा १० रुपैयाँ दस्तुर लाग्नेछ। वैशाखमा संघीय सरकारले सडक प्रयोग दस्तुर दोब्बर बढाउने निर्णय गरेको थियो। नारायणगढ–बुटवल सडक खण्डमा बढेको दस्तुर आज राति १२ बजेदेखि लागू हुने बोर्डले जनाएको छ।

sadak dastur

 अन्य सडक कहाँको कति दस्तुर?
त्यस्तै, नौबिसे–मुग्लिन सडक खण्डमा भारी सवारी साधन बस, ट्रक, मिनीबस, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टले अब हरेक पटकमा १ सय २० रुपैयाँ सडक दस्तुर तिर्नुपर्ने भएको छ। यसअघि ६० रुपैयाँ तिर्नुपर्थ्यो । उक्त खण्डमा कार, जिप, पिकअप भ्यान, ट्रयाक्टरजस्ता हलुका सवारी साधनले अब सडक उपभोग दस्तुर ५० रुपैयाँ तिर्नुपर्नेछ, यसअघि २५ रुपैयाँ तिर्नुपर्थ्यो । तीनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ५ रुपैयाँ तिर्नुपर्थ्यो।

हेटौंडा–नारायणगढ खण्डमा चल्ने भारी सवारी साधनले अब प्रत्येक पटक एक सय रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त खण्डमा हलुका सवारी साधनले४० रुपैयाँ तिर्नुपर्ने भएको छ। तीनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नुपर्नेछ । जैहरुवा पथलैयाका लागि ठूला सवारीका १ सय २५, सानाका लागि ८५, हेटौंडा वीरगञ्जका लागि ठूला सवारीका लागि ८५, सानाका लागि ५०, विरगञ्ज पथलैयाका लागि ठूला सवारीका लागि ५० सानाका लागि २० र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ। दमक इटहरीका लागि ठूला सवारीका लागि १ सय २५, सानाका लागि ५०, विराटनगर धरानका लागि ठूला सवारीका लािग ७०, सानाका लागि २५ रुपैयाँ, कोशी जैहरुवाका लागि ठूलाका लागि १४०, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ।

धुलिखेल खुर्कोटका लागि ठूला सवारीका लागि १ सय २५, सानाका लागि ५० र टेम्पु र मोटरसाइकलको लागि १५ रुपैयाँ कायम गरिएको छ। खुर्कोट, सिन्धुली र बर्दिबाससम्मको लागि ठूलाका लागि ११५, सानाका लागि ४५ र टेम्पु र मोटरसाइकलको लागि १५ तथा पाँचखाल मेलम्चीका लागि ठूला सवारीका लागि ५०, सानाका लागि १५ र टेम्पु र मोटरसाइकलको लागि ५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .