अटोखबर

Tata MotorsTata Motors

कारखाना तथा वर्कशप सञ्चालन निर्देशिकाप्रति व्यवसायीको ध्यानाकर्षण


नेपालखबर
काठमाडौं, असार २३

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले ल्याएको कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका २०७४ प्रति अटो मेकानिक्स व्यवसायीले विभागको ध्यानाकर्षण गराएका छन्। निर्देशिका कार्यान्वयनका सम्बन्धमा यातायात व्यवस्था विभागले देशका विभिन्न स्थानमा रहेका कारखाना तथा वर्कशपहरुलाई पत्राचार गरेपछि नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले ध्यानाकर्षण भएको जनाएको हो।

सरकारले सवारीसाधनहरुको मर्मतसम्बन्धी कामकाज गर्ने अटो व्यवसायी अटोमेकानिक्स वा यस क्षेत्रलाई समेटी संस्थागत रुपमा क्रियाशील महासंघ र सम्बन्धित सरोकारवाला निकायहरुसँग राष्ट्रिय स्तरको व्यापक छलफल, राय÷सुझाव नगरी कार्यान्वयन गर्न खोजेको भन्दै व्यवसायीले विरोध जनाएका हुन्। उनीहरुले अस्थायी रुपमा बसेर भए पनि व्यवसायीले सेवा प्रवाह गरिरहेको र वर्कशपहरुको क्षमता विस्तारदेखि प्रविधिक रुपमा सक्षम बन्न लागिरहेको जनाउँदै सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताएका छन्।

क्षमता अभिवृद्धि, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, वातावरण प्रदूषण नियन्त्रण, फोहोरलाई पुनः प्रयोग हुने प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम, छलफल, प्राविधिक तथा आर्थिक सहयोग गरेर व्यवसायीहरुलाई सक्षम बनाएपछि मात्र निर्देशिका कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन्। महासंघका महासचिव ठाकुर प्रसाद न्यौपानेले व्यवसायीलाई अप्ठ्यारोमा पार्ने गरी निर्देशिका कार्यान्वयन गर्नखोजेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएको बताए। यस्ता जागरणमुखी अभियान सरकार र व्यवसायीहरु मिलेर नेपालका सबै सहरहरुमा गनुपर्ने महासचिव न्यौपानेले बताए।

व्यवसायीहरुले निर्देशिकामा उल्लेख भएका केही बुँदाहरु जानी नजानी पालना गरेको र केही प्राविधिक कुराहरु क्रमशः पालना गर्दै जाने बताएका छन्।

असार २३, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors