ad ad

अटो


‘नाडा अटो शो’ भदौ १० देखि भृकुटीमण्डपमा, १ सय ६४ वटा स्टल रहने

 ‘नाडा अटो शो’ भदौ १० देखि भृकुटीमण्डपमा, १ सय ६४ वटा स्टल रहने

रमेश पोख्रेल
असार १९, २०७६ बिहिबार ११:५०,

यस वर्षको नाडा अटो शो आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। शोको तयारी अन्तिम चरणमा पुगेको नेपाल अटो मोबाइल डिलर्स एसोसिउन (नाडा)ले जानकारी दिएको हो।

नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार र प्रवर्द्धनका लागि नाडा अटो शो आयोजना गर्न लागिएको नाडाले जनाएको छ। अहिले स्टल बुकिङको काम सकिएको छ। आगामी भदौ १० देखि ६ दिनसम्म चल्ने प्रदर्शनी मेला सवारीसाधनसम्बन्धी सम्पूर्ण जानकारी गराउने उद्देश्यले आयोजना गर्न लागिएको नाडाले जनाएको छ।

अटो शोमा सवारीका साथै सवारीसँग सम्बन्धित पार्टपुर्जा तथा टायर, लुब्रिकेन्ट व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाले समेत सहभागिता जनाउनेछन्। मेलामा मोटरसाइकलदेखि गाडी तथा स्पेयर पार्टस उपलब्ध हुनेछन्। अटो शोमा यस वर्ष ९३ वटा कम्पनीहरु सहभागी हुने भएका छन्। प्रदर्शनीमा साना र ठूला गरी १ सय ६४ वटा स्टल रहने नाडाले जानकारी दिएको छ।

कम्पनी तर्फबाट ९३ स्टल, दुई पांग्रे सवारीसाधनबाट १९ स्टल, कारहरुबाट २२ स्टल, बैंक तथा वित्तीय संस्थाबाट १२ स्टल र पार्टपुर्जा तथा टायर, लुब्रिकेन्टसमेतका ३८ स्टल रहने नाडाका एसोसिएट सचिव सुरेन्द्र प्रधानले बताएका छन्।

nada auto show

अटो शोमा अधिकांश सवारीसाधन बिक्रेता कम्पनीले नयाँ गाडी राख्ने भएका छन्। विश्व प्रसिद्ध विभिन्न गाडी कम्पनीका आधिकारिक बिक्रेताहरुले शोका लागि गाडी भित्र्याइसकेका छन्। शोमा दाइहात्सु, फियाट, फोर्ड, होण्डा, हुण्डाई, किया, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागनलगायतका ब्रान्डका नयाँ तथा आधुनिक सवारीसाधन प्रदर्शनीका लागि राखिने जनाइएको छ।

अटो शोमा प्रदर्शनीमा अन्तक्र्रिया तथा छलफल समेत हुने बताइएको छ। नाडाले सन् १९९८ देखि नेपालमा सवारी प्रदर्शनीका साथै अटो शो मेला आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .