ad ad

अटो


मुम्बईबाट मस्कट जाँदै गरेको जहाजको आकस्मिक अवतरण

मुम्बईबाट मस्कट जाँदै गरेको जहाजको आकस्मिक अवतरण

नेपालखबर
असार १९, २०७६ बिहिबार ६:५३,

 मुम्बईबाट मस्कट गइरहेको ओमान एयरलाइन्सको एउटा फ्लाइट मुम्बई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमानको इन्जिनमा खराबी आएको कारण मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । विमानमा दुई सयभन्दा बढी यात्रु सवार थिए।

यो बुधबार अपराह्न सवा ४ बजेको घटना हो। विमानको आकस्मिक अवतरण हुनु केही समयअघि मात्रै विमान मुम्बई विमानस्थलबाट ओमानका लागि उडेको थियो।

ओमान एयरलाइन्सको डब्लुवाई २०४ एयरबस ए ३३०–३०० को पूर्वनिर्धारित समयअनुसार साँझको ५ बजे मस्कटमा अवतरण हुनुपर्ने थियो । यस्तै बैंककबाट फिनलाण्ड जाँदै गरेको एक एयरबसमा टेक्निकल समस्याका कारण दिल्ली विमानस्थलमा टि१ रनवे २८ मा आकस्मिक अवतरण गराइएको थियो। विमान अवतरणपश्चात् दिल्ली प्रहरी, सीआईएसएफ, दिल्ली फायर सर्विस तथा एम्बुलेन्स लगायत सम्पूर्ण विभागलाई ‘अलर्ट’ गरिएको थियो।

दिल्ली फायर सर्विसको ८ वटा गाडी, २ वटा एम्बुलेन्सलाई अवतरण गर्नुपहिले रनवेमा उपस्थित गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .