अटोखबर

Tata MotorsTata Motors

मोबाइल एपबाटै ट्याक्सी सेवा


नेपालखबर
काठमाडौं, असार १८

 उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको छ। उपत्यकाका पाँच हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको हो।

प्रविधिको बढ्दो प्रयोगलाई अंगीकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ। अब भने समाजले इजीट्याक्सीनेपालमार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो।

यसरी लिने सेवा

Easytaxinepal
इजीट्याक्सीनेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यकामा सञ्चालनमा आइसकेको छ। यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ। यसको लागि कस्टमर लगइन रजिस्टर बनाइएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्वीकार गर्नेछन्। त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन्। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ। सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिटनेपाल २०२० अभियान गर्दै छ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं।’

सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे। पहिलो चरणमा २७ सयभन्दा बढी ट्याक्सीमार्फत सेवा सुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरु सो एप्समा जोडिरहेको समाजले जनाएको छ।

 हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको छ। इजीट्याक्सीनेपालको सेवाको लागि आगामी दिनमा कलसेन्टरमार्फत अफलाइन सेवाअन्तर्गत बुकिंग गर्नुपरेमा, अन्य स्थानहरुमा विशेष भ्रमण प्याकेज चाहिएमा, लामो अवधिसम्म ट्याक्सीसेवा चाहिएमा सेवा दिईनेछ भने यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन्।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको अहिलेको सेवा शुल्कमा प्रविधिमा आधारित रहेर ट्याक्सीसेवा संचालन गर्न निकै कठिन भए पनि चालकहरुका साथै सबैको सहयोगमा इजीट्याक्सीनेपाल एप्स संचालनमा ल्याएको बताए। ‘अहिलेको ट्याक्सीको भाडादर वैज्ञानिक छैन् भने धेरै वर्षदेखि ट्याक्सी भाडादर समायोजन गरिएको छैन्, तर पनि एप्समार्फत यात्रुहरुलाई उचित मूल्यमा सेवा दिने प्रयास गरेका छौं,’ महासचिव मोक्तान (तामाङ)ले भने।

इजीट्याक्सीनेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु क्रमशः दर्ता हुनेछन भने यात्रुले दिउँसो र राति दुवै शिफ्टमा सेवा प्राप्त गर्नेछन्। त्यसैगरी यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको छ। समाजले इजीट्याक्सीनेपाल एप्समा आधारित ट्याक्सीसेवा आगामी दिनमा अन्य शहरी क्षेत्रहरुमा पनि विस्तार गर्ने योजना लिएको छ।

इजीट्याक्सीनेपाल एप्स हाल एन्ड्रोयड प्ले स्टोरमा मात्र रहेको छ निकट भविश्यमा नै एप्पलको एपस्टोरमा उपलब्ध हुनेछ। काठमाडौं उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं. २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ। यसले ट्याक्सीसेवालाई बिकृतीमुक्त बनाउने, चालकहरुलाई जिम्मेवार बनाउने र ट्याक्सीसेवालाई भरपर्दो र विश्वसनिय बनाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याक्सी धनी, ट्याक्सी चालक र नागरिक समाजसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा गतिविधिहरु गर्दै आएको छ।

असार १८, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors