ad ad

अटो


अब सार्वजनिक सवारीका चालक दश कक्षा उत्तीर्ण हुनुपर्ने!

अब सार्वजनिक सवारीका चालक दश कक्षा उत्तीर्ण हुनुपर्ने!

नेपालखबर
असार १७, २०७६ मंगलबार १४:०,

काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनका चालकले अब अनिवार्य रुपमा दश कक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ।

काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ ले उक्त व्यवस्था गरेको छ। कम्तिमा दश कक्षा उत्तीर्ण गरेका व्यक्तिलाई चालक तथा परिचालकमा नियुक्ती गर्न अनिवार्य गरिएको उक्त ऐनमा उलेख्य छ।

काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ ले यात्रीको सुरक्षा व्यवस्था र अनुगमनका लागि सार्वजनिक यातायतका साधनमा सीसीटीभी क्यामेरा जडान, उच्च प्रविधियुक्त वातावरणमैत्री सवारी साधनको प्रयोग, सवारी साधनभित्र अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्रिवलचेयर सजिलै राख्न सकिने व्यवस्था, यात्री र सेवा सम्बन्धी जानकारी दिन टोल फ्रि नम्बर, नोटिस बोर्ड सेवा इमेल वाइफाइ, सामाजिक संजाल, भ्वाइसमेल लगायतका प्रविधि अनिवार्य राख्नु पर्ने व्यवस्था गरिएको छ।

सार्वजनिक यातायात सेवा सम्बन्धमा मोबाइल र कम्प्युटरबाट सवारी साधनको आगमन तथा रुटहरुको अवस्थितिहरु प्रत्यक्ष देखिने जीपीएस ट्रयाकिङ्ग जडान गरी एप्स प्रयोगमा ल्याइने ऐनमा उल्लेख छ। महानगरपालिकाले जारी गरेको पत्रअनुसार काठमाडौंमा चल्ने सबै सार्वजनिक यातायातमा यात्रीहरुको सहजताका लागि दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मान्य हुने टिकटहरु अनिवार्य दिनुपर्ने र यात्रुले पनि लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .